Hindi Films

आजको राशिफल: वि.सं.२०७१ साल भदौ ३१ गते। मंगलबार। सन् २०१४ सेप्टेम्बर १६ तारिख।

Unknown | 12:24 | 0 comments

 

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। प्रयत्न गर्दा राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। तापनि, विवादमा परिने र आत्मविश्वासमा कमी आउने सम्भावना छ, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। पढाइलेखाइ र बौद्धिक प्रतिस्पर्धामा विजयी बन्ने मौका छ ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। अपराह्नतिर अलि विवादमा समेत परिने सम्भावना छ, बोली, व्यवहारमा सचेत रहनुहोला ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
अलि खर्चको समय छ। व्यवसायमा पनि लगानी बढाउनुपर्ने देखिन्छ। प्रयत्न गर्दा अप्रत्याशित सफलता मिल्नेछ। तर, चुनौती भने देखा पर्नेछन्, धैर्यले काम लिनुपर्ला। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। अपराह्नबाट काममा फाइदा हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। नयाँ काममा हात हाल्ने मौका छ ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सुरुमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला । कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। अपराह्न काल भने अलि कमजोर रहला । खर्च बढ्नुका साथै सोचेको काममा अलि विलम्ब हुन सक्छ ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
प्रतिष्ठित काम गर्ने मौका छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। काममा मातापिताको सहयोग प्राप्त होला। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। अपराह्नदेखि सामाजिक प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। अपराह्न १ः३० बजेबाट स्थितिमा सुधार आउनेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। रोकिएका काम बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):पूर्वाह्न समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। अपराह्न १ः३० बजेपछि भने स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। आफ्ना योजना गोप्य राखदा बुद्धिमानी हुनेछ। अपराह्न १ः३० बजेपछि स्थितिमा सुधार आउला। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार तथा उद्योगतर्फ लाभ मिल्नेछ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउनेछ ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। आफ्ना योजना गोप्य राख्दा बुद्धिमानी हुनेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, विश्वासपात्रबाट धोका पाइने सम्भावना छ, सचेत रहनुहोस्। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। केही अन्यायमा समेत परिने योग छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):नयाँ काममा हात हाल्ने समय छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही कामको दायित्व थपिने देखिन्छ । आर्जित धन पनि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। पारिवारिक असमझदारीले पनि खिन्नता बढ्न सक्छ, सचेत रहनुहोस्। चुनौती देखिए पनि प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ ।

Category:

0 comments