Hindi Films

रमेश खरेलसहित सैतीस एसएसपीको सरुवा

Unknown | 08:11 | 0 comments

काठमाडौं: सरकारले ३७ प्रहरी बरिष्‍ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। उप-प्रधान तथा गृहमन्त्री वामदेव गौतमको निर्णय अनुसार एसएसपीहरुको सरुवा गरिएको हो। यसअघि डिआइजीमा सिफारिस भएका प्रहरी बरिष्‍ठ उपरीक्षकहरुलाई मुख्‍य जिम्‍मेवारी दिइ सरुवा गरेको हो। एआइजी बढुवामा ब्रिफकेस लेनदेनको व्‍यापक चलखेल भएको अभिव्यक्ति दिएर चर्चामा आएका एसएसपी रमेश खरेललाई पुन: महत्‍वपूर्ण जिम्‍मेवारी दिएको छ। एसएसपी खरेललाई मध्‍य क्षेत्रीय तालिम केन्द्र भरतपुरमा सरुवा गरेका छन्। यस्तै गोविन्द प्रसाद निरौलासहित १३ जना प्रहरी बरिष्‍ठ उपरीक्षकहरुलाई काठमाडौं हेडक्वार्टरमा ल्‍याइएको छ। यसैगरी यादवराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महानगरीय परिसर काठमाडौंमा ल्‍याइएको छ। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत विजयलाल कायस्थलाई महनरीय अन्तराष्ट्रि विमानस्थल सुरक्षागार्ड गौचरणमा सरुवा गरिएको छ। को कहा सरुवा भए हेर्नुस ...

Category:

0 comments