Home �
News
� ‘मिडियाको नकारात्मक समाचारको सिकार भएँ,उजुरी गर्न म कहाँ जाउँ ?’ : वामदेव गौतम
Unknown |
14:11 |
0
comments
 |

काठमाडौं, ८ असोज (ओएनएस) : देशभरको बाढीपहिरोले पुराएको क्षतिको विषयमा जानकारी माग्न संसद्को राज्य व्यवस्था समितिले कार्यवाहक प्रधानमन्त्री समेत रहेको गृहमन्त्री बामदेव गौतमलाई समितिमा बोलाएको थियो ।
समितिमा सदस्यहरुले सरकारले प्राकृतिक प्रकोपले क्षति पुराएका ठाँउमा राम्रोसँग काम नगरेको भन्दै आलोचना गरे । सभासद्को आलोचना सुनेपछि जवाफ दिने पालो आयो गृहमन्त्री गौतमको । उनले सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा गरेको कामबारे फेहरिस्त कुरा राखे । कुरा राख्दाराख्दै मिडियाप्रति गुनासो गरे ।
उनले भने,‘ हामीले गर्दै नगरेको होईन तर मिडियाले सकारात्मक कुरा र गरेका कामबारे रिपोर्टिङ् नै गरेनन् ।’ उनले आफूले बोलेका र सार्वजनिक गरेको कुरा समेत मिडियाले बाहिर नल्याएको गुनासो गरे । उनले भने,‘ मैले आफँै संसदीय समितिमा आएर धारणा राखेको छुँ तर त्यो पनि बाहिर आएन, हुन त नकारात्मक कुरा लेख्यो भने सरकारले धेरै चासो देला भन्ने होला तर यो त हुँदै भएन । ’
गृहमन्त्री गौतमले सेना, प्रहरीले आफ्नो ज्यान जोखिममा पारेर उद्वार गरेको, मानिसको जीवन जोगाएको र गृहमन्त्रालयले देखाएको तदारुकताबारे कुनै समाचार नआएको भन्दै आफूहरु मिडियाको नकारात्मक समाचारको सिकार भएको गुनासो समेत गरे । उनले भने,‘ नकारात्मक प्रचारको सिकार हामी भएका छौं, कहाँ गएर उजुरी हाल्ने ?, उनीहरु(मिडिया)लाई केही गर्नै भएन ग¥यो भने त्यो भन्दा ठूलो अरु केही हुँदैन ।’
गृहमन्त्री गौतमले मिडियाले नकारात्मक विषय भयो भने मात्रै बाहिर ल्याउने गरेको आरोप लगाए । उनले सुनकोशी नदी थुनिदा सुरुमा खोल्न नसकेको भन्दै सबैले नालायक सरकार भनेको तर खुलेपछि लायक सरकार कसैले नभनेको भन्दै गुनासो पोखे । आफू बाढीपहिरो पिडितहरुको अनुगमनमा जाँदा समेत मिडियाले खेदेको गुनासो गरे ।
उनले भने,‘ म हेलिकप्टर चढेर अनुगमनमा जाँदा समेत तल मान्छे मरिरहेका छन् गृहमन्त्री माथीबाट घुमिरहेको छ भनियो त्यसपछि म सर्तक भए ।’ त्यसपछि अनुगमनमा मुख्य दलका नेतालाई पठाएको उनले खुलासा गरे ।
 |
Category:
News
0 comments