Hindi Films

रिडीमा भएको ब्रिहद तिज गीत प्रतियोगिता ......

Unknown | 06:51 | 0 comments

रिडी,भाद्र१७। चेतनशिल महिला बिकास बहुउद्देशिय सहकारी संस्थाको आयोजनामा हिजो रिडीमा ब्रिहद तिज गीत प्रतियोगिता सम्पन्न भएको छ्। समुहकी अध्यक्ष लक्ष्मी ज्ञवालीको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रमको गुल्मीका सभासद दिल शोभा पुन र श्री लक्ष्मी याछेले पानसमा संयुक्त रुपमा दिप प्रज्वलन गरी उदघातन गर्नु भएको थियो। १६ वता समुहले भाग लिएको उक्त प्रतियोगिताको प्रथम पुरस्कार १० हजार,द्वितिय ७ हजार ५ सय र त्रितिय ५ हजार रुपैया रहेको थियो। प्रतियोगितामा समाज सेवी आमा समुह,अस्लेवा प्रथम भएका थिए भने जनकल्यण आमा समुह,पाल्पा द्वितिय र दिदी बहिनी आमा समुह,बम्घा त्रितिय भएका थिए। कार्यक्रमका लागि कमल गिरी क्यानाडा बाट प्रथम पुरस्कारको सौजन्य गर्नु भएको थियो भने सुनिल अर्याल,जापन बाट द्वितिय र केदार ढकालले त्रितिय पुरस्कारको सौजन्य गर्नु भएको थियो। कार्यक्रम सुशिल श्रेष्ठले सन्चालन गर्नु भएको थियो। स्रोत : रुरु नेटवर्क

Category:

0 comments