Hindi Films

यसरि भव्यताका साथ् सम्पन्न भो कुकुर संग युबतिको बिहे (भिडियो )

Unknown | 08:26 | 0 comments

भदौ १८ - भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् । झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो । मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए । भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् । An 18-year-old Indian girl has married a stray dog as a part of a tribal ritual designed to ward off an evil spell. Village elders hastily organised the wedding between Mangli Munda and the canine as the teenager is believed to be bringing bad luck to her community in a remote village in Jharkhand state. Mangli's father Sri Amnmunda agreed and even found a stray dog named Sheru as a match for his daughter. And while Mangli was a hesitant bride, she believes that the ceremony will help ensure that her future human husband will have a long life.

Category:

0 comments