Hindi Films

ढुङ्गाले हानेर एक युवकको हत्या

Unknown | 10:37 | 0 comments

उर्लाबारी समाचारदाता, उर्लाबारी, ९ असोज, मोरङको उर्लाबारीमा बुधबार एक युवाको हत्या भएको छ । उर्लाबारी–२ का २२ वर्षीय नविन राईको हत्या भएको हो । राईलाई उर्लाबारी २ कै २६ वर्षीय सुवास तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । तामाङले प्रहार गरेको ढुङगाले लागेर गम्भीर घाइते भएका राईको उर्लाबारी ६ मङ्गलबारे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ सहित उर्लाबारी ३ बस्ने रमेश राजधामीलाई पनि प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यानसम्बन्धी मुद्धा चलाएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर नवराज कार्कीले जानकारी दिए ।

Category:

0 comments