आजको राशिफल: वि.सं.२०७१ साल भदौ ३० गते। सोमबार। सन् २०१४ सेप्टेम्बर १५ तारिख।
![]() |
Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ। |
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। पठनपाठनमा प्रगति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। |
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
केही मात्रामा खर्च बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ। सोचेको काममा अलि विलम्ब हुन सक्छ। छर–छिमेकमा केही असमझदारी बढ्ने र आफन्तबाट पनि टाढिनुपर्ने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला।
|
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला । कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ । धन संग्रह गर्ने मौका छ ।
|
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। अरूका जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस् । पढाइलेखाइमा समय दिन नसकिने र व्यापारमा फाइदा हुने योग छ।
|
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। अरूको जिम्मेवारी समेत वहन गर्नुपर्ला। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। |
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सहयोगीहरूको मद्दतले काम बन्नेछन् । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। |
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। |
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ । मालमत्ता हराउने वा चोरी सम्भावना छ, सजग रहनुहोला। |
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। |
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला। |
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। |
![]() |
Category: Rashifal















Pisces
0 comments