Home �
CelebrityNews And Gossips
� दुवै हात नभएका सुदर्शनसँग जाने हिम्मत गर्लिन् त रेखा ?
Unknown |
09:57 |
0
comments
 |

अभिनेत्री रेखा थापा र सुदर्शन थापाको प्रेम सम्बन्ध त चर्चाको विषय नै रहेन । केही समय अघि दुवैले फेसबुक मार्फत माया पोखेपछि उनीहरु बीचको सम्बन्ध छताछुल्ल भएको छ । तर केही समययता दुवैले विवाह गर्न लागेको हल्ला पनि चल्न थालेका छन् । रेखा र सुदर्शनको विवाह गर्ने चर्चा चलिरहँदा सुदर्शनले पहिलेकी श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको खबरले विवाहको खबरमा घिऊ थप्ने काम गरेको छ । रेखासँगको सुदर्शनको सम्बन्ध छताछुल्ल भएपछि क्यानडामा रहेकी श्रीमति नेपाल आएको र श्रीमतिले कि त Rekha n Sudarsan1रेखालाई रोज्नुपर्ने कि त आफूलाई भनेपछि सुदर्शनले विवाहलाई त्यागेर रेखालाई रोज्ने निर्णयमा पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार सुदर्शनकी श्रीमति हाल पोखरामा बस्दै आएकी छिन् । फिल्म ‘हिम्मतवाली’मा अभिनय गरेका सुदर्शन गौतमले श्रीमतिसँगको सम्बन्ध विच्छेदको घटनाले फिल्मलाई असर पार्ने हुँदा श्रीमतिलाई फिल्मको रिलिजसम्म थामथुम पार्न भरमग्दुर प्रयत्न गरिरहेको पनि स्रोतको दाबी छ । दुवै हात नभएका सुदर्शन गौतमप्रति रेखा थापाको सद्भाव रहनुसम्म त ठिकै हो तर प्रेम हुँदै विवाह सम्मको चर्चा चल्नु चानचुने कुरा हैन । तर यदि रेखाले सुदर्शनसँग विवाह गरिहालिन् भने चाहिं बल्ल उनले बनाएको फिल्मको नाम सार्थक हुन्छ । रेखा थापा ‘हिम्मतवाली’ ।
 |
Category:
CelebrityNews And Gossips
0 comments