Home �
News
� प्रेमीले चुम्बन गर्दा प्रेमिकाको बिजोग
Unknown |
08:37 |
0
comments
 |

बेलायतमा एक युवकले आफ्नै प्रेमिकाको ओठमा चुम्बन गर्दा ओठ नै च्यातेर अंगभंग बनाइदिएका छन् । आफ्नी प्रेमिका अरुसँग नजकिने डरले भएकाले ती युवकले यस्तो हर्कत गरेको स्वीकार गरेका छन् । बेलायतको टाइनसाइडमा बस्ने रिस कुले नामका युवकले आफ्नी गर्लफ्रेन्ड श्याटलसँग २ वर्ष देखि सम्बन्धमा रहेका थिए । ति प्रेमी र प्रेमिकाबीच राम्रो सम्बन्ध चलिरहेको थियो । एकदिन उनीहरुबीच चुम्बन शुरु भयो भने प्रेमीले प्रेमिकालाई ओठमा चुम्बन गरेर प्रेमिकाको ओठ नै अंगभंग बनाईदिए ।
यो चुम्बनको अन्त्य डरलाग्दो भयो । चुम्बनपछि युवतीको नाकबाट निरन्तर रगत बग्न थाल्यो र उनको माथिल्लो ओठमा प्रेमिकाका दाँतका डाम बसे । उनको अनुहार नै पुरै रक्ताम्मे भएको थियो । युवतीले जवर्जस्ती युवकलाई आफूबाट हटाइन् तर आफ्नो अनुहार हेर्दा उनलाई डर लाग्यो । यो घटनापछि उनले आफ्नै ब्वाइफ्रेन्डलाई अदालत पुर्याउन बाध्य भइन् ।
युवतीले आफूलाई चुम्बन् गर्दा कसैले प्रेम गरेको भन्दा पनि दुश्मनी निकालेको जस्तो अनुभव भएको बताएकी छिन् । प्रहरीले ति युवकलाई गिरफ्तार गरि सोधपुछ गर्दा शूरुमा आफूले प्रेमिकालाई टोकेको अस्वीकार गरेका थिए भने पछि प्रेमिकाले आफूलाई छोड्ने डरले यसो गरेको स्वीकार गरेका थिए । युवतीले ओठमा चुम्बन गर्दा गर्दै युवकले आफ्नो नाकमा टोकेको बताएकी छिन् । अदालतले युवकलाई आफ्नी प्रेमि माथि हानी पुर्याएको ठहर गर्दै सजाय दिएको छ ।-एजेन्सी
 |
Category:
News
0 comments