Home �
News
� पास भएकी छात्राको २ पटकसम्म फेल भएको नतिजा
Unknown |
12:30 |
0
comments
|
 |

२ असोज, गोरखा बजार ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७० सालमा लिएको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा लापरबाहीपूर्ण तरिकाले प्रकाशन गरेको पाइएको छ ।
गोरखा सदरमुकामको शक्ति उमावि केन्द्रबाट नियमिततर्फ एसएलसी परीक्षामा सामेल भएकी महेन्द्रज्योति उमावि दरबारमार्ग पढ्ने छात्रा निशा खनखवासको नतिजा पनिकाले लापरबाहीपूर्ण तवरले कम्प्युटरमा प्रवेष्टी गरेको पाइएको हो ।
पनिकाले जारी गरेको समष्टिगत कम्प्युटर सूची (मार्क लेजर) मा उनलाई अनिवार्य गणित विषयमा अनुत्तीर्ण देखाएको थियो । त्यसपछि खनखवासले पैसा, मिहिनेत र परिश्रम खर्चेर गणित विषयको पूरक परीक्षा दिइन् । ०३८३२२८(जेड) सिम्बोल नम्बर र ७०३८०३००१५ रजिष्ट्रेशन नम्बर रहेको उनको नतिजा पनिकाले गत भदौ २२ गते जारी गरेको मार्क लेजरमा पनि नआएपछि अभिभावकले विद्यालयका प्राचार्यलाई गुहारे ।
सम्बन्धित केन्द्राध्यक्षले छात्रा खनखवास प्रवेशिका परीक्षामा सहभागी भएको सिफारिसपत्र बनाइदिएपछि अभिभावक दिनेश खनखवास शिक्षा कार्यालयले बनाइदिएको अर्को सिफारिसपत्र लिएर पनिका गएका महेन्द्रज्योति उमाविका प्राचार्य लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।
खनखवासले पनिका पुगेपछि ‘नजिता प्रकाशित गरिपाउँ’ भन्ने निवेदन दिएको बताए । आफ्नी छोरी नियमिततर्फकै एसएलसीमा उत्तीर्ण भएको दिनेशले थाहा पाए । “पहिलेकै परीक्षाफल प्रकाशनमा छोरी पास भएकी रहिछे,” दिनेशले भने – “गणितमा ४८ नम्बर आएको रहेछ । परीक्षाफल प्रकाशनमा फेल देखाएर त्यसै दुःख दिइयो ।” नियमिततर्फ नै उत्तीर्ण भएका विद्यार्थीहरुको नतिजा पनिकामा थुप्रै रहेको उनले जानकारी दिए ।
पूरक परीक्षामा सामेल भएका नवजागृतिचण्डी उमावि अश्राङका एक छात्र र सिर्दिवास गाविसको बुद्ध मावि पढ्ने अर्का विद्यार्थीको नाम पनि पनिकाले जारी गरेको समष्टिगत कम्प्युटर सूचीमा नभएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी नवराज पौडेलले जानकारी दिए । उनको आवश्यक कागजात बनाएपछि पनिकामा गएर नतिजा हेर्ने पौडेलको भनाइ छ । रासस
|
 |
Category:
News
0 comments