सार्क गृहमन्त्रीस्तरीय बैठकमा बामदेवले अंग्रेजी नबुझेपछि………..
![]() |

त्यसको मुख्य कारण थियो–गृहमन्त्री गौतमले प्रयोग गरेको भाषा । होटल ह्यातमा आयोजित उक्त बैठकलाई आयोजकका हैसियतमा गौतमले सम्बोधन गर्नुपर्ने थियो । तर उनलाई अंग्रेजी फुट्टी नआउने । अनि उनले अंग्रेजी अक्षरको उच्चारण सरकारी स्कुलमा दुई– तीन कक्षामा पढ्ने विद्यार्थीले झैं नेपाली अक्षरमा लिएर पढे । उनको भाषण सुन्दा सहभागिहरु लाजले मुख छोपेर हाँसेका थिए । उनी घरीघरी जोसिएर नेपालीमा भाषण गरुला झैं गरेर बोल्थे भने घरिघरि अर्कैथरी उच्चारण गर्थे । कार्यक्रममा सहभागि एक उच्च स्रोतले दिएको जानकारी अनुसार गौतमले कोअपरेशन भन्नुपर्ने ठाउँमा कर्पोरेशन भन्दा भाषणको पुरै सार विग्रिएको थियो ।
एमाले उपाध्यक्षसमेत रहेका गौतमले अंग्रेजी नबुझ्ेका कारण नेपालको लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि विद्युत् व्यापार सम्झौता (पीडीए) हुन पनि दुई दिन ढिलो भएको थियो । भएको के रहेछ भने १ सय ५५ पृष्ठ लामो उक्त सम्झौतापत्रमा प्राकृतिक प्रकोपका कारण जलविद्युत् आयोजना विग्रिएमा नेपालले नै बनाउनुपर्नेछ भन्ने प्राबधान छ भनेर कुनै लालबुझक्कडले गौतमलाई भनिदिएको रहेछ । एक त त्यति लामो दस्ताबेज,त्यसमा पनि अंग्रेजीमा भएपछि गौतमले पढ्ने कुरै भएन । त्यसैले के–के न मुद्दा पाइयो भन्दै उनी एमाले अध्यक्ष केपी ओलीलाई सुनाउन हस्याङफस्याङ गर्दै वालकोट पुगे । तर,जे जस्ता प्रावधान स्वीकार गरेर भए पनि भारतीय कम्पनीसँग उक्त सम्झौता स्वीकार गर्नुपर्छ भन्ने मान्यतामा रहेका गौतमले उनको कुरा हावामा उडाइदिए । कहाँ त्यस्तो हुन्छ ? बन्द,हड्ताल भएमा मात्रै नेपालले क्षति व्यहोर्नुपर्छ ,प्राकृतिक प्रकोप आएमा हामीले पर्दैन भन्दै उनले गौतमलाई भनेका थिए ।
त्यतिबेलासम्म गौतमले एमालेका अरु पदाधिकारीलाइ पनि यस्तै गलत सूचना प्रचार गरिसकेका रहेछन् । एक पदाधिकारीले भने,‘हामी सबैका हातमा दस्तावेज थिएन । त्यसैले उनले भनेको पत्याउनै पर्यो । तर बुझ्दै जाँदा दस्ताबेजमा त्यस्तो केही रहेनछ ।’ आजको बुधबार साप्ताहिकमा खबर छ ।
![]() |
Category: News
0 comments