Home �
News
� आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ
Unknown |
02:48 |
0
comments
सिरहा, भदौ २० – अवैध यौन क्रियाकलापमा संलग्न रहेको अवस्थामा सिरहाको मिर्चैयाबाट एक जोडी शुक्रबार रंगेहात पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाले दिएको जानकारी अनुसार मिर्चैयाको कटारी चोकमा रहेको राहुल होटल एण्ड लजबाट दिनदहाडै आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपाली मुलकी जस्ती देखिने अन्दाजी २२ वर्षीया युवती र ३० वर्षीय युवक रहेको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा होटलमा छापा मारेर उक्तजोडीलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका जोडीको सम्बन्धमा आवश्यक अनुसन्धान भइहेको प्रहरी जनाएको छ । साथै पक्राउ परेका युवायुवतीको नाम गोप्य राखिएको छ । मिर्चैया लगायतका स्थानहरुमा संचालित विभिन्न होटल एण्ड लजहरुमा पछिल्ला केहि समयदेखि होटल संचालकको मिलोमतोमा अवैध यौन धन्दा सञ्चालन भईरहेको बताईएको छ ।
Category:
News
0 comments