Hindi Films

परपुरुषसँगको यौन सम्बन्ध लुकाउन पतिको हत्या

Unknown | 22:07 | 0 comments

परपुरुषसँगको यौन सम्बन्ध लुकाउन पतिको हत्या भिडियो हेर्न तल क्लिक गर्नुहोस :
मोरङ, ८ असोज । परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ । सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह १ कोसी ब्यारेजदेखि पश्चिम केराको बगानमा हत्या गरिएको अबस्थामा मस्तकिमको शव फेला परेको थियो । सप्तरीको तोपा स्थित पशु हटियामा चौपाया किन्न हिडेका मस्तकिमलाई बाटोमै हत्या गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । मस्तकिम हटिया पनि नपुगेको र घर पनि नफर्केपछि खोजी गर्दे जादा ब्यारेज पश्चिम केरा बगानको उनको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक दिपक कार्कीले बताए । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मस्तकिमका दुईटी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो । पछि कान्छी श्रीमतीलाई प्रहरी रिहा गरी जेठी सबरुल खातुनलाई नियन्त्रणमा राखेको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मस्तकिमकी जेठी श्रीमती सबरुलकै योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ । स्थानीय मतावुल मियासित सबरुलको लामो समयदेखि अनैतिक सम्बन्धबारे मस्तकिमले थाहा पाएका कारण श्रीमतीले उनको हत्या योजना बुनेको प्रहरी अनुसन्धानले देखाएकोछ । परपुरुषसित रहेको अबैध सम्बन्धबारे श्रीमानले थाहा पाएपछि सबरुलले मतावुलसित मिलेर हत्या योजना बनाएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले मस्तकिमकी जेठी श्रीमती सबरुल सहित हरिपुर ८ भान्टाबारीकै इस्लाम मिया र महिउद्धिन मियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्कीले जनाए । एउटा खुट्टा अपांग रहेका मस्तकिम पछिल्लो १५ वर्षदेखि चौपाया ब्यापारी थिए । उनी प्रत्येक शुक्रबार बिहानै चौपाया किन्न सप्तरीको तोपा हटिया जाने गरेका थिए । साउन २३ गते बिहानै घरबाट हटिया गइरहेका बेला बाटो कुरेर बसेका पाँचजनाले उनको हत्या गरेको प्रहरीको भनाई छ । पक्राउ परेकी सबरुलसहित अन्य दुईमाथि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताए । उनले फरारको खोजी भइरहेको बताए ।

Category:

0 comments