Home �
News
� बंगलादेशको छोटो चलचित्र महोत्सवमा नेपालबाट ‘द मिरर’ र ‘चौकठी’
Unknown |
03:55 |
0
comments
बंगलादेशको राजधानी ढाकामा आजबाट सुरु भएको ‘लघु चलचित्र महोत्सव’मा २ नेपाली सिनेमा छानिएका छन् । यी दुई चलचित्र आज र भोली ढाकाको शिल्पकला एकेडेमीमा प्रदर्शन गरिनेछ । सहभागी हुने २ चलचित्रमा ‘द मिरर’ र ‘चौकठी’ छन् ।
नेपाली राजदुतावास ढाकाबाट परराष्ट्र मन्त्रालय हुँदै चलचित्र विकास बोर्डसम्म चलचित्रको माग आएको थियो । सहभागीताका लागि ५ मिनेटदेखि ३० मिनेटसम्मका लघु चलचित्रको माग भएको थियो । समय निक्कै कम भएकाले दुई चलचित्रमात्र उक्त महोत्सवमा पठाइएको चलचित्र विकास बोर्डका सूचना अधिकृत आनन्द घिमिरेले जानकारी दिएका छन् ।
गोपाल चन्द्र लामिछानेको निर्देशनमा तयार भएको ‘द मिरर’ले ग्रामिण महिलाको दिनचर्याको कथा बोल्छ । यो चलचित्र ६ मिनेट ५५ सेकेन्ड लामो छ । पपुलर मल्टिमिडियाकोे ब्यानरमा तयार भएको यो छोटो चलचित्रलाई शक्तीबल्लभ घोरासैनीले बनाएका हुन् ।
चलचित्रमा भगवती अधिकारी, बालकलाकारको रुपमा मुस्कान केसी र लक्ष्मण शेषको अभिनय छ । यस्तै दिपक रौनियारको निर्देशनमा बनेको छोटो चलचित्र ‘चौकठी’ १८ मिनेट लामो छ ।
Category:
News
0 comments