Hindi Films

खुश्बु ओलीले दिइन् प्रहरी र पत्रकारलाई चुनौती

Unknown | 05:20 | 0 comments

भदौ २७ काठमाडौं । ‘चर्चीत डन’ चरीको मृत्यु प्रकरणमा मिडियाबाजी गर्दै हिडेकी खुश्बु ओलीले प्रशासन र पत्रकारलाई समेत चुनौती दिन थालेकी छिन् । उनले आफु चरीको प्रेमीका भएको बताउदै चरीको मृत्यु प्रकरणका बेला विभिन्न व्यक्तिलाई चरीको हत्या गरेको आरोप समेत लगाएकी थिइन् । उनको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै प्रहरीले उनलाई उच्च निगरानीमा राखेको बताएको थियो । उनलाई विदेशजान समेत रोक लगाएको बताइएको थियो । तर, उनी यतीवेला बेलायत पुग्न सफल भएकी छन् । उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा अनावश्यक समाचार सम्प्रेषण गरिएको भन्दै पत्रकारलाई गाली समेत गरेकी छन् । खुश्बुले आफ्ना बारेमा समाचार लेख्दा मात्र समाचार विक्ने गरेकाले पत्रकारहरु आफु माथि खनिएको आरोप समेत लगाउन भ्याएकी छन् । साथै हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ भनेर आफ्ना पछि दौडनेहरु एकदिन पराजीत हुने बताएकी छन् ।

Category:

0 comments