Home �
News
� १० बर्षीय बालकले १५ बर्षकी किशोरीलाई बलात्कार
Unknown |
11:31 |
0
comments
 |

हुन त महिलाहरु पुरुषबाट बलात्कृत हुने समाचार हाम्रो लागि नौलो हैन |तर एउटा बालकले किशोरीको बलात्कार गरेको समाचारले भने सबैलाई अचम्मित बनाएको छ |गुल्मीमा एक १० बर्षका बालकले १५ बर्षकी किशोरीलाई बलात्कार गरेका छन |वाग्लुङ्गको दगातुमडाँडाकी १५ वर्षिया किशोरीलाई वलात्कार गरेको जि.प्र.का. गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले बताए । ‘
प्रहरीले ति बालक संग सोधबुझ गर्दा बालकले आफुले अपराध गरेको स्वीकारेका छन |केहि दिन अगाडी युबकसग मिलेर ति बालकले किशोरीमाथि सामुहिक बलात्कार गरेको पनि खुलेको छ | युवकले नै ति बालकलाई बलात्कार गर्न सिकाएका हुन् |अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका ति ‘मतियार’ र बलात्कार अभियोगीहरु मध्ये १० वर्षिय वालक भएकोले त्यही अनुसार अदालतले फैसाला गर्ने प्रहरी निरीक्षक गुप्ताले जानकारी दिए ।
बलात्कृत किशोरी अहिले बिरामी परेकी छन |किशोरीको परिवार आर्थिक रुपमा कमजोर भएको कारणले उनको उपचारमा लाग्ने खर्च सबै मिलेर तिर्ने बताएका छन | उपचारका लागि सदरमुकाम तमघास सम्म आउने खर्च समेत नभएपछि सबैको सहयोगमा उनीहरु सदरमुकाम आएका थिए |- नेपाल जापान डट कम
 |
Category:
News
0 comments