Hindi Films

हिन्दु राज्य नभए सडकमा उत्रने कमल थापाको चेतावनी

Unknown | 06:37 | 0 comments

२८ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानमा हिन्दु राज्य कायम नगरे सडकमा उत्रने चेतावनी दिएका छन् । राप्रपा नेपालले कलंकीमा गरेको सभामा थापाले प्रमुख दलहरुले बुझ्दै नबुझी मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको दावी गरे । उनले भने-‘आफ्नो धर्मको रक्षाका लागि नेपाली जनता चुप लागेर बस्दैनन् । त्यस्तो अवस्थामा डरलाग्दो धार्मिक द्वन्द्व हुनसक्छ ।’ मुलुकमा धार्मिक द्वन्द्व भए त्यसको जिम्मेवार मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने दल र नेताहरु नै हुने उनको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष थापाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह हुनु पर्ने भन्दै धर्म निरपेक्षताको पक्षमा बहुमत ल्याएर देखाउन चुनौती दिएका छन् ।

Category: ,

0 comments