Home �
News
� अब म उनीहरुलाई पनि सिध्याउँछु : सुजाता
Unknown |
06:52 |
0
comments
सुजाता र आमोद उपाध्यायको विवाद चुलियो
८ असोज, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले आफूमाथिको कारवाहीको सिफारिसलाई योजनावद्ध षड्यन्त्र भनेकी छन् । ग्राण्ड डिजाइनअन्तरगत नै आफूलाई कारबाहीको सिफारिस भएको भन्दै उनले अब कांग्रेस नेताहरुको भण्डाफोरमा उत्रने चेतावनी दिएकी छन् ।

आमोदप्रसाद उपाध्याय नेतृत्वको छानविन समितिले गत चुनावमा उपाध्यायलाई हराउन भूमिका खेलेको भन्दै कोइरालालाई तीन महिना पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्न सिफारिस गरेपछि कोइराला रिसाएकी हुन् ।
कारबाहीबारे सगरमाथा टीभीलाई दिएको अन्तरवार्तामा सुजाताले भनिन्- ‘मेरो चरित्र हत्या गर्ने काम भएको छ । मैले कुनै अपराध गरेर अदालतमा लगिएको होइन नि ।’ उपाध्याय प्रयोग मात्रै भएको उनले बताइन् ।
आफूलाई पार्टीमा लगातार लखेट्ने काम भएको भन्दै उनले भनिन्-‘गोविन्दराज जोशीहरुलाई त सिध्याइयो, अब मलाई सिध्याउन खोजिएको छ, सुजाता त्यसरी सिद्धने मान्छे होइन, अब म भण्डाफोर गर्छु र उनीहरुलाई पनि सिध्याउँछु ।’
आमोदप्रसाद उपाध्यायले पञ्चालयकालमा कांग्रेसलाई आफ्नो घरमा छिर्न नदिएको र बहुदल आएपछि पनि मोरङमा आफूलाई सिध्याउन लागेको सुजाताले दाबी गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य उपाध्ययले आफ्ना पिता गिरिजाप्रसाद कोइरालालाईसमेत बुद्धि नभएको भनेको भन्दै सुजाताले भनिन्-‘उहाँ आफूजस्तो बुद्धि भएको कोही छैन भन्नुहुन्छ, कहिल्यै जिल्ला जानुहुन्न ।’
चुनावअघि आफू र उपाध्यायले एकअर्कालाई आलोचना गरे पनि पार्टीले औपचारिक रुपमा टिकट दिएपछि आफूले सहयोग गरेको उनले दाबी गरिन् । ‘म जनतामा पनि पपुलर छु । पार्टीमा मेरो होल्ड राम्रो हुँदैछ’ उनले भनिन् ।
सुशीललाई साधु भन्ने कि सन्यासी ?
आफूमाथि भएको कारबाही सिफारिस महाधिवेशनलाई समेत लक्षित गरेर भएको भन्दै उनले सभापति सुशील कोइरालाको भूमिकामा प्रश्न उठाइन् ।
उनले भनिन्-उहाँलाई साधु भन्ने कि सन्यासी भन्ने कि ? उहाँले किन यसमा हेर्नुभएन ? सुजाता तिमीमाथि कारबाहीको कुरा आएको छ के गर्ने भनेर एकचोटि सोध्नुभएन ।’
सुजाताले अब आफू गाउँ-गाउँमा डुलेर महासमिति बैठक बोलाउन आग्रह गर्ने बताइन् । साथै उनले आगामी महाधिवशेनमा पार्टी सभापतिमा उठ्ने सोचाइ रहेको खुलासासमेत गरिन् ।
नेपाली कांग्रेस विगतमा समस्या साधान गर्ने पार्टी भए पनि अहिले समस्या सिर्जना गर्ने पार्टीमा परिणत भएको र कांग्रेस खत्तम हुन लागेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘गिरिजाबाबुले भन्नुभएको थियो, कांग्रेस कमजोर भयो भने देश पनि कमजोर हुन्छ ।’
 |
Category:
News
0 comments