Hindi Films

टाउको दुखेको औषधी शारीरिक सम्पर्क (थाहा पाइराखौ)

Unknown | 04:43 | 0 comments

एजेन्सी । माइग्रेन या टाउको दुखाइको असह्य पीढा भोग्नेहरुका लागि एउटा खुसीको खबर छ । एक अनुसन्धान अनुसार अध्याधिक टाउको दुखाइका कारण लगातार औषधी प्रयोग गरिरहेका विरामीहरुका लागि यो दीर्घकालीन समाधान हुनसक्छ । रिसर्च अनुसार माइग्रेन या टाउको दुखाइको क्रममा शारीरिक सम्बन्ध राखेमा यसबाट छुटकारा पाउन सकिन्छ । जर्मनीका शोधकर्ताहरुले हालै जारी गरेको एक रिपोर्ट अनुसार माइग्रेनबाट दुःख पाएका ६० प्रतिशत मानिसहरु र आम रुपमा टाउको दुखाईका कारण समस्या झेलिरहेका मानिसहरुमा शारीरिक सम्बन्धपछि यो समस्या समाधानमा मद्दत पुगेको उल्लेख छ । शोधका अनुसार ८ सय मानिसहरुमा यो अनुसन्धना गरिएको थियो । जस अनुसार हरेक पाँचमध्ये १ जनामा शारीरिक सम्बन्धपछि टाउको दुखाई पूर्ण रुपमा हटेको पाइएको छ । जर्मनीको मुन्स्टर विश्वविद्यालयका शोधकर्ता विद्यार्थीहरुले उक्त कुरा पत्ता लगाएका हुन् ।

Category:

0 comments