Home �
� पति विदेशमा, पत्नी यौनधन्धामा, अवैध यौनधन्दामा संलग्न ४३ जना पक्राउ
Unknown |
17:21 |
0
comments
|
 |
– राजेन्द्र आचार्य
भरतपुर, २९ भदौ । चितवनमा अवैध यौनकार्यमा लागेको अभियोगमा प्रहरीले ४३ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा अधिकांश पति विदेशमा रहेका महिलाहरू छन् ।
भरतपुरको नारायणगढ बसपार्क र केन्द्रीय बस टर्मिनल आसपास क्षेत्रका होटलहरूमा अवैध यौनधन्धा गरेको आरोपमा ४३ जनालाई पक्राउ गरिएको हो । स्थानीयको गुनासो आएपछि होटेलहरूमा छापामारी अवैध यौनधन्धामा संलग्न महिला तथा पुरुषलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । अवैध यौनधन्धा हुने गरेको गुनासो बढेपछि प्रहरीले शनिबार दिनभरि विभिन्न होटलहरूमा छापामारेको हो । प्रहरी निरीक्षकको नेतृत्वमा चार टोली परिचालन गरिएको थियो । ३० वटा होटलबाट ४३ जनालाई पक्राउ गरेको नायब उपरीक्षक कोइरालाले बताए । पक्राउ परेकाहरू १६ देखि ३५ वर्ष उमेर समूहका महिला–पुरुष छन् । ‘पक्राउ परेका अधिकांश किशोर–किशोरी छन्,’ कोइरालाले भने, ‘त्यसमा पनि पति विदेशमा रहेका विवाहित महिलाहरू पक्राउ परेका छन् ।’
प्रहरीले तीस जनालाई छाडिदिएको छ । २ पुरुषसहित १३ जनालाई भने थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको कोइरालाले बताए । अवैध यौनधन्धामा संलग्न रहेको अभियोगमा यसअघि संलग्नरहेकाहरू पनि पुनः पक्राउ परेका छन् ।
प्रहरीले नवदुर्गा, सुविधा, सिराइचुली, चौधरीलगायतका होटलबाट महिला र पुरुषलाई अनैतिक कार्य गर्दै गरेको अवस्थामा जोडीसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई चेतावनीसहित सुध्रिने मौकासहित छाडिएको नायब उपरीक्षक कोइरालाले बताए । (फाइल तस्बिर)
|
 |
Category:
0 comments