Home �
Various
� अन्जु पन्तको करियर ओरालो लाग्यो
Unknown |
11:37 |
0
comments
मानिसले जन्म लिएपछि सफलता पाउनभन्दा बचाउन त्यति नै धेरै मुस्किल हुन्छ भन्ने गायिका अन्जु पन्त जति कसलाई थाहा होला ? त्यसैले त उनले आधुनिक तथा पाश्र्व गायनबाट कमाएको ख्याति लामो समय बचाउन सकिनन्। लोकपि्रयतासँगै बढेको अव्यावसायिक र घमन्डी बानीले उनीसँग संगीतकारहरू बिच्किए । उनको स्वर भर्न हप्तौँ कुर्नेहरू नयाँ नयाँ गायिका जन्माउन बाध्य भए। केही समययता अन्जुको करअिर ओरालो लागिरहेको छ । फिल्म र कलेक्सन एल्बम सबैतिर माग घटिरहेका बेला उनी नयाँ विवादमा तानिएकी छन्। दसैँसम्बन्धी गीत गाउन अस्वीकार गरेपछि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा उनको चर्को विरोध मात्र भएन, उनले हस्तलिखित माफी मागेलगत्तै एक भिडियो सार्वजनिक भयो । त्यसमा उनले धार्मिक आस्था नमिलेकै कारण गीतको शब्द परविर्तन गराएको आफ्नै मुखले ओकलेकी छन् । यस्तो रवैयाले उनको छवि थप धमिलिएको छ ।
Category:
Various
0 comments