Hindi Films

काठमाडौंको चावहिलमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते

Unknown | 04:34 | 0 comments

२० भदौ, काठमाडौं । काठमाडौंको चावहिलस्थित गोपीकृष्ण सिनेमा हल छेवैमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरुको ओम हस्पिटक चावहिलमा उपचार भइरहेको छ ।
नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस सडकमा पल्टिएको हो । खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले बताएको छ । अत्यधित गतिमा भएको कारण दुर्घटना भएको बसमा यात्रारत घाइते रोनिया ठकुरीले जानकारी दिइन् । खानेपानीको खाल्डोबाट बचाउन ब्रेक लगाउँदा गाडी पल्टिएको थियो । सडक अवरूद्ध हुनेगरी पल्टेको बसलार्इ हटाएर यातायात सुचारू गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Category:

0 comments