Hindi Films

फेरि धादिङमा अर्को वस दुर्घटना, २१ जना घाइते

Unknown | 14:27 | 0 comments

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको पीडा गाविस १ बेल्खुमा फेरि अर्को बस दुर्घटना भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएको प्रहरीले जनाएको छ । गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८३९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका ६ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेको धादिङमा नै उपचार गरिएको छ । गोरखाबाटै काठमाडौं आउँदै गरेको एउटा बस मंगलबार पनि धादिङको बैरेनीमा दुर्घटना भएको थियो । दशैं लागेपछि मात्रै भएका दुर्घटनामा परी करिब डेढ सय जनाको मृत्यु भइसकेको छ ।

Category:

0 comments