Hindi Films

स्कर्ट लाउने पहिलो तमिल हिरोइन थिइन जयललिता

Unknown | 04:03 | 0 comments

मुम्बई । भारतको विषेश अदालतबाट भ्रष्टाचारी ठहर भएकी जयललिता कुनै समय अभिनेतृ थिइन । उनको पहिचान छोटो स्कर्ट लाउने पहिलो तमिल हिरोइनका रुपमा स्थापित भएको विभिन्न एजेन्सीले उल्लेख गरेका छन् । १५ वर्षकै उमेरमा पहिलो फिल्म खेलेकी थिईन् उनले । ‘आमाको प्रेरणाले फिल्ममा प्रवेश गरेकी जयललिता यस्ती हिरोइन् हुन् जसले तमिल समाजमा स्कटमा प्रस्तुत हुने हिम्मत गरिन् ।’ समाचारमा उल्लेख गरिएको छ ।
पहिलो पटक सन् १९६४ मा कन्नड भाषामा बनेको ‘चिनान्दा गोम्बे’ मा काम गरेकी थिइन् जयललिताले । त्यसपछि ‘भिनारा आदी’ मा काम गरेकी उनले तमिल फिल्ममा आफ्नो अभिनयको जादु देखाउन थालिन् । दक्षिण भारतीय चलचित्र उद्योगमा एक समय पकड जमाएकी जयललिताले १३० फिल्ममा काम गरेकी छिन् । तीन पटक सर्वोत्कृष्ट हिरोइनका लागि ‘फिल्म फेयर अवार्ड’ पाएकी उनी सन् १९७७ मा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

Category:

0 comments