Home �
� मोबाइल चार्जर खसालेको निहँमा कुटिकुटि हत्या
Unknown |
09:20 |
0
comments
एक मोबाइल चार्जरका लागि कसैको हत्या गर्नु भनेको सामान्य घटना हुनै सक्दैन । जुन प्रकारले नयाँ दिल्लीमा बिहिबार एक १७ वर्षीय किशोरको कुटिकुटि हत्या गरिएको छ, त्यसले मानिसहरुमा के दया–माया भन्ने कुरा हराएकै हो त भन्ने प्रश्न सबैको मनमा उब्जाएको छ ।
यो घटना बिहिबार बेलुकाको नयाँ दिल्लीको हो । जहाँ एक १७ वर्षीय दिपक जब आफ्ना साथीसँग आफ्नो मोबाइल चार्जर लिनको लागि उनको घरमा पुगे । त्यहाँ चार्जरको विषयमा दुबै साथीहरुबिच भनाभन भयो । भनाभनको दौरान मोबाइल चार्जर भुँइमा खस्यो । चार्जर भुँइमा खसेको निहुँमा दुबै साथीहरुबिच हात हालाहालको स्थिति पैदा भयो ।
रिसाएका साथीले दीपकको छातीमा बेस्सरी हान्दा उनी बेहोस भए र केहि बेरमा नै उनको मृत्यु भयो । साथीको मृत्यु भएको थाहा पाएर हत्यारा घटनास्थलबाट तुरन्त फरार भए ।
यद्यपी, पुलिसले आरोपी छात्रलाई हत्याको आरोपमा पक्राउ गर्न सफल भएको छ । पुलिसका अनुसार आरोपी एक पान पसलमा काम गर्दछन् । घटनाको छानबिन भइरहेको पुलिसले जानकारी दिएको छ । (एजेन्सी)
Category:
0 comments