Hindi Films

छोरी जन्माएको निहुँमा मरणासन्न हुनेगरी कुटपिट गरेर घर निकाला

Unknown | 08:58 | 0 comments

दलसिंह गिरी । असोज-३०, कालिकोट । छोरी जन्माएको निहुँमा आफुलाई मरणासन्न हुनेगरी कुटपिट गरेर घर निकाला गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष पश्चिम उत्तर तर्फ पर्ने फुकोट गाविस वडा नं. ५ का पती नौलासिंह खड्काले आफुलाई घर निकाला गरेको भन्दै २६ बर्षिया गौसरा खड्काले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी हुन् । छोरी जन्माएको भन्दै पहिले देखिनै पटक पटक कुट्दै आएपनि आफुले कसैलाई नभनी पिडा सहीराखेको थिए तर असोज २३ गते मरणासन्न हुनेगरी कुटेर घरबाट निकाला समेत गरिदिएपछि उजुरी दिन बाध्य भएको पिडित खड्काले प्रहरी समक्ष बताइन् । घरमा जेठ पत्नी हुदाहुदै मलाई आफुले विहेगरेको छैन भन्दै २०७० सालमा मलाई झुक्याएर विहेगरेको र अहिले आफुबाट २ छोरी जन्मेपछि छोरी जन्माइ भन्दै पटक पटक यातना दिने गरेको उनको भनाई छ । जेठी पत्नी पसु खड्काबाट पनि २ वटा छोरी नै जन्मेपछि पुन मलाई झुक्याएर अर्को विहेगरेको उनको भनाई छ । कसैलाई भनिस भने मारिदिने धम्की दिदै पटक पटक आफुलाई कुटेको र उक्त कुटाईबाट आफ्नो पाठेघर समेत खसेर पिडा बढेपछि बाध्य भएर न्याएको लागि उजरी दिन बाध्य भएको भन्दै प्रहरी समक्ष बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले घरेलु हिंसा कसुर ऐन २०६६ अनुसार मुद्धा दर्ता गरेको र पिडक खड्का लाई प्रकाउको लागि प्रहरी पठाईएको, पिडित खड्कालाई जिल्ला अस्पताल मान्ममा उपचारको लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख लक्ष्मण गुरुङ्गले बताउनु भएको छ ।

Category:

0 comments