Hindi Films

स्वाभिमानी प्रशिक्षक !: खेलाडी पठाउन बाइक धरौटीमा राख्ने प्रशिक्षकको रामकहानी

Unknown | 03:45 | 0 comments

स्वाभिमानी शिर कहाँ झुक्छ र संकटमा ! नेपाली खेलकुदका त्यस्तै एक स्वाभिमानी प्रशिक्षक हुन् धु्रव विक्रम मल्ल । मल्लको जिन्दगीमा संकट त धेरै आए होलान तर भर्खरै इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुदको मुखैमा आएको महासंकटले भने उनलाई बेस्सरी पोल्यो । मानौं झेल्नै सकिन्न ! हैन झेल्नुपर्छ, अर्को मनले आदेश दियो । त्यहि मनको एक कुनाबाट प्रस्फुठित आवाजको आदेश मान्दै उनी पुगे सामाखुसीको एक मोटरसाईकल वर्कशपमा, जसको नाम थियो ‘मुखिया वर्कशप’ । उनको कालो रंगको ‘सिवीजेड’ त्यही मुखियाको आँगनमा अडियो । त्यही बाईकको डिगसंगै नेपाली खेलकुदको श्यामश्वेत अनुहार पनि अडिएको थियो एक महत्वपुर्ण फैसलाको आसमा । उनले सोधे– ‘साहुजी हुनुहुन्छ ?’ साहुजी – भन्नुस न ? मेरो बाईक किन्ने हो ? यस्तैयस्तै प्रश्नोत्तर भए, हाजिरी जवाफ जस्तो । केही समयको वार्तालापपछि कुरा मिल्यो । उनले मोटरसाईकल त्यहीँ थन्क्याई दिए र एक लाख लिए । बस ! समस्या सल्टियो । नपुग त्यही एक लाख थपेर उनले आफ्ना खेलाडीहरु विमला तामाङ र अनुपमा मगरलाई कोरीयाको टिकट काटिदिए, जो सत्रौं एसियाडमा भिड्दै थिए । धादिङे प्रशिक्षक मल्ल विद्यार्थी जीवनकालदेखि नै उम्दा खेलाडी थिए । सल्यानटारको अचने माविमा शुकवहादुर गुरुङ भन्ने शिक्षकबाट खहरेको बगरमा किक र पञ्च हान्ने तालिम पाएका मल्लले २०४२ मा काठमाडौं छिरेपछि खेलकुदलाई छाड्दै छाडेनन् । मल्लले १९९१ को इन्भिटेशन साउथ एसियन गेममा रजत, सातौं अधिराज्यब्यापी किक बक्सिङ प्रतियोगीतामा गोल्ड र २००२ को ट्रान्सप्लान्ट साउथ एसियन गेममा ४ वटा गोल्ड मेडल जितेका थिए । त्यस्तै विरेन्द्र शिल्डमा पनि दुई स्वर्ण जितेको इतिहास मल्लकै नाममा दर्ज भएको छ । यिनै प्रतिभावान खेलाडी ‘ब्ल्याकबेल्ट डिप्लोमा’ गर्दै कराँते प्रशिक्षकका रुपमा उदाए नेपाली खेलकुदमा । यो २०४८ तिरको कुरा हो । २०५२ मा राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षक बनेका मल्लले २०६२÷२०६३ को आन्दोलन पछि भने एकाएक राजिनामा दिए, कारण ‘स्वाभिमान’ ! यी स्वाभिमानी प्रशिक्षक लुक्न र झुक्न कहिल्यै जानेनन् । एकताका नेपाली खेलकुदमा ‘गणतान्त्रिक खेलकुद महासंघ’ को चर्चाले सगरमाथा छोएको थियो । कारण उनै मल्ल थिए, महासंघको संस्थापक अध्यक्षको मर्यादामा । त्यतिवेला गणतान्त्रिक खेलकुद महासंको गतिविधिले राष्ट्रिय खेलकुद परिषद् नै छाँयामा परेको थियो । सरकारी जागीर किन छाड्नुभो ? पांक्तिकारको पाँचौ प्रश्न टेवुलमा खस्न नपाउंदै भने–‘अरुलाई जागिर दिने हैसियत बनेजस्तो लाग्यो ।’ मस्त हाँसे.., बिना संकोच निस्फिक्री । अहिले उनी बालाजु कराते डो एकेडेमीका प्रशिक्षक र अध्यक्ष हुन् जहाँ इन्चोन एसियाडमा काँस्य जित्ने विमला तामाङले विगत १० बर्षदेखि कराँते सिकिरहेकी छिन्, उनै स्वाभिमानी गुरु ध्रुव विक्रम मल्लका समिपमा । लामो समय नेपाली खेलकुदको मैदानमा प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका मल्लले राज्यको निरीहतामा जेहेन्दार प्रतिभा गरिबी र अभावले छट्पटाएको देखे । लगानी गर्न सक्नेहरुले मात्र राम्रो ट्रेनिङ गर्न पाउने र राम्रा प्रतिभाहरु पलायन हुने तितो यथार्थ उनको आँखावाट छिप्दै छिपेन । विमला तामाङकी वुवा विष्णुवहादुर ध्रुवविक्रमका साथी हुन् । विष्णुवहादुरले आफ्नी छोरीलाई मल्लको एकेडेमीमा भर्ना गर्न ल्याउँदा उनी कक्षा तीनमा पढ्दै थिइन अहिले उनको पढाई १२ कक्षासम्म पुगिसकेको छ । मल्लले उनमा निहीत प्रतिभा देखेर आफ्नो एकेडेमीमा स्कलरसिप दिएर सिकाए । विदेशमा खेल्ने अवसर जुराइदिए, ति जेहेन्दार वालिकाको आत्मवल बढाइदिए, त्यसैले त अहिले विमलाले पदक जित्दा सबैभन्दा धेरै खुसी उनै मल्लमा छायो । विष्णुवहादुरले आफ्नी छोरीले जितेको त्यो पदक स्पर्षसमेत गर्न पाएका छैनन् । उनी मलेसियामा पसिनासँग जिन्दगी साटिरहेछन् तिनै छोराछोरीको खुसीको लागी । पदकको माला लाएकी छोरीको मुस्कानलाई नेपाली एयपोर्टमा साट्न पाएको भए विष्णुवहादुर अझ कति खुसी हुन्थे होलान् । नेपाली कराँतेको विवादको किस्सा पुरानो भैसकेको छ । यो विवादकोे घेरामा मल्ल पनि तानिएका थिए प्रारम्भिक चरणमा । तर पछि उनले कराँतेको अन्तर्राष्ट्रिय नियमलाई मिच्न चाहेनन् । किनकी उनी कराँतेको अन्तर्राष्ट्रिय लाईसेन्सवाला रेफ्री समेत हुन् । दावा लामा अध्यक्ष रहेको कराँते महासंघमा छोटो समय महासचिव बनेका मल्लले पछि राजिनामा दिए । ‘खेलकुदमा न जात न धर्म त्यसैले नियममा छिर्नुको विकल्प छैन ।’ उनले भने । कराँते विवादका कारण खेलकुद परिषद्ले पठाएका दुईजना खेलाडीले खेल्न पाएनन् । ‘एक्रिगेशन कार्डका आधारमा खेल्न नपाउने पहिल्यै क्लियर भएपनि परिषद्ले यहि विवाद निकाल्नका लागी पठाएको हो ।’ मल्लले ठोकुवा गरे । एसियाड ओलम्पिक गेम भएकाले हरेक देशको ओलम्पिक कमिटी र सम्वन्धीत संघको अध्यक्षको सिफारीको आधारमा आयोजकले कार्ड उपलब्ध गराउ“छन् । यो कुरा खेलकुदका सवैले बुझेका थिए । तर बुझ पचाएपछि के लाग्छ ? मल्ल भन्छन्–‘ त्यतिवेला युवराज लामा हाम्रो र विमलाको नामै लिँदैनथे, खेलेमा कानुनी प्रक्रियामा जान्छु भन्थे ।’ विमला मात्र हैन वालाजु कराँते एकेडेमीकी अनुपमा मगर पनि अहिले ६८ केजी तौल समुहमा एसियाकै पा“चौ नम्वरकी खेलाडी हुन् । उनले केही समय अगाडी भएको साउथ एसियन गेममा स्वर्ण जितेकी थिईन । आर्थिक रुपमा कमजोर विमलाको परिवार पनि खर्च गर्न सक्ने अवस्थामा थिएन् । त्यसैले मल्लले उनलाई टिकट काट्नु अघि छलफल को जरुरी पनि ठानेनन् । ‘छोरी खेल्न जादैंछ भनेर जानकारी गराईयो, राम्रो भयो बधाई छ भन्ने कुरा भयो ।’ उनले थपे । सवैको असहयोग एसियाडमा नेपालबाट २५ खेलमा २०४ जना खेलाडीले सहभागीता जनाए । अफिसीयल सहित झण्डै ३६० जनाको सहभागीताको लागी राज्यले कुल ८ करोड खर्च ग¥यो तर त्यसमा पदक जित्नेले एक रुपैंया पाइनन् । यता अन्तर्राष्ट्रिय मान्यता पाएका कराँते महासंघ र ओलम्पिक कमिटीले विमलाको नाम सिफारीश गर्नका लागी कुनै हिचकिचाहट त गरेन तर आर्थिक रुपमा भने कुनै सहयोग नगरेपछि मल्लले दशैंको मुखमा बाध्य भएर मोटरसाईकल धरौटी राख्नुप¥यो । ध्रुवविक्रमलाई किड्नीको समस्या छ । औषधीको चक्कीलाई उमालेको पानीका साथमा निल्दै भने –‘कसैले एक रुपैंया सहयोग गरेको छैन,तर अब भने टिकट खर्च ओलम्पिक कमिटीले दिउँला भनेको छ ।’ खेलाडीको प्रतिभा जाँच्न सक्ने मल्ल विमला र अनुपमा दुवैले मेडल जित्नेमा विश्वस्थ थिए त्यही भएर उनी मरिमेटेर लागे खेलाडी पठाउन लागेका थिए । ‘चाईनाको वल्ड च्याम्पियन खेलाडीसंग शुरुमै भिड्न नपरेको भए अनुपमाले पनि मेडल जित्ने संभावना थियो’–उनले भने । खेलाडी पठाएपछि सदस्य–सचिवले कानुनी प्रक्रिमा जाने उद्घोष गरे तर मल्ल डगमगाएनन् । पिएलए क्लवका जन्मदाता तत्कालिन माओवादी सेनाको पिएलए स्पोष्टर््स क्लवका जन्मदाता हुन धु्रवविक्रम मल्ल । संस्था दर्ता, नविकरण पनि उनले नै गरे । छैटौं राष्ट्रिय खेलकुदमा सो क्लवलाई १८ वटा गोल्ड मेडल जिताउन उनले निकै ठुलो मेहनत गरे । ‘शक्तिखोरमा सेना दिवस मनाउनु भन्दा करिब २ महिना अघि मलाई तत्कालिन सैन्य कमाण्डर ‘प्रतिक्षा’ले बोलाएर सहयोग गर्नुप¥यो भनेपछि मैले सवै तयारी गरें’ उनले भने । म गाको भए कसरी आउथ्यो मेडल ? केहि दिन यता निकै ब्यस्त छन् ध्रुव विक्रम मल्ल । एसियाडको नतिजापछि विमला र मल्ललाई सम्मान र अन्तर्वार्ताको चाँपले थिचेको छ । बुधवार पंतिmकारले भेट्दा उनीसंगै थिइन् ति किर्तीमानी विमला पनि । नेपाली खेलकुदका त्यतिधेरै मान्छे ओईरिएको कुम्भमेलामा तपाईलाई जान इच्छा भएन भन्ने प्रश्नसँगै मल्लका आँखा विमलातिर घुमे । अनि अलि भावुक शैलीमा भने ‘मैले सोचें मेरो इच्छा मरोस् तर प्रतिभा मर्न दिन्न’ उनीसँगै विमला पनि मुस्कुराइन् । उनले थपे, ‘म पनि जान पाएको भएको कास्य मात्रै होईन रजत आउन सक्थ्यो ।’ रिङमा उत्रनुभन्दा अगाडी खेलाडीको मनोवल बलियो बनाउनु पर्ने तर्क गरे उनले । जितेपछि … विमला ईन्चोन मा खेल्दै थिइन् । गुरु धु्रवविक्रम मल्लसँग बिमलाको अनलाइन सम्पर्क भइरहन्थ्यो । एकेडेमी स्थित कार्यकक्षमा रहेको कम्युटरमा म्यासेज खस्यो ‘गुरु कास्य जितियो’ उनको खुसीले सगरमाथा छोयो । उनले भने ‘एक रुपैयाँ नलिईकन राज्यलाई शुन्य हुनबाट जोगाउ“दा एउटा प्रशिक्षक त्यतिवेला भन्दा खुसि कहिले हुन सक्छ ?’ उनको ह्वाईटकलर स्मार्टफोन बजिरहन्थ्यो । वेलावेला छेउमै रहेकी विमला बोल्थिन, अनि गुरु भने त्यहि मौकामा ईन्कमीङ कल स्लाईड गर्न भ्याईहाल्थे । त्यतिवेला विमलाले भन्न भ्याईन ‘वुवा मलेशियामा गएको भदौमा बल्ल १ बर्ष हुन्छ, तीन बर्ष नभै त आउनै मिल्दैन होला ।’ शायद उनी आफ्ना पितासित यो खुसी साट्न आतुर छिन् । खेलाडी हरु फर्कने वेलामा अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य पक्षले न्यायो स्वगत गर्ला भन्ने सोचेका थिए मल्लले । तर त्यस्तो हुन् सकेन । विमलालाई स्वागत गर्नेमा उनकै परिवार र आफन्त, बालाजु करा“तेका एकेडेमीका परिवार सहित करिब ५० जना जति भएका थिए । ‘यत्रो प्रतियोगितामा पदक जित्दा ठूला–ठूला पोष्टर ब्यानरसहित विशाल ¥यालीले शहर परिक्रमा गराउनु पर्ने हो तर कोहि गएनन्’–मल्लको मलिन अनुहारमा विष्मतको भाव पढ्न सकिन्थ्यो । विमलाले जितेको पदक नेपालको मात्र नभएर कराँतेमा साउथ एसियाकै एउटा पदक हो । वंगलादेश, भारत र श्रिलंकाका प्रशिक्षकहरुले मल्ललाई फोन गरेर बधाई दिंदा सरकारका प्रतिनिधीले धन्यवाद भन्ने कष्ट पनि गरेनन् । जसले विवाह गर्न भ्याएनन् सुर्योदय नअस्ताए सम्म खेलकुदको मैदानमा दौडिरहने मल्लले आजसम्म विवाहको वारे सोच्नै पाएनन् । खेलकुदबाट बचेको समय सामाजीक काम र साथीभाईलाई दिँदादिँदै मल्लले ४४ बसन्त पार गरिसके । भाई वहिनीसँग बालाजुमा बस्दै आएका मल्लले भने ‘विहेबारे सोच्नै पाइँन ।’ खेलकुदवाहिर मल्लको परिचय समाजसेवीको रुपमा रहेको छ । कतै अनाथ बच्चाको पालनपोषण त कतै विपन्नहरुको पक्षमा कामगर्दै आएका मल्लकै पहलमा धादिङको सल्यानकोटमा शिवालय प्रावि भन्ने स्कुल खुल्यो । ‘त्यो स्कुलका विपन्न बच्चाको लागि बार्षिक १०० जोर सर्ट पाईन्ट मैले दिने गरेको छु । त्यस्तै १ जना टिचरलाई पनि मैले नै तलव सुविधाको सहयोग गर्ने गरेको छु ।’मल्लले भने । लामो समयदेखि एमाओवादी धादिङ जिल्ला पार्टिको सदस्य रहेर भुमिका निर्वाह गरेका मल्ल आजभोली भने सल्लाहकारमा खुम्चिएका छन् । ‘पार्टिको साधारण सदस्य हँु’उनले भने । आगामी योजना २०४८ सालदेखि खुलेको उनको वालाजु डोजो २०६३ मा एकेडेमी बन्यो । यो नेपालको एकमात्र करा“तेको एकेडेमी हो । अब यहि एकेडेमीलाई विस्तार गर्ने योजना बनाएका छन् मल्लले । ‘२ करोड ३१ लाखको एकेडेमी भवन बनाउने योजना छ’ मल्लले भने । एकेडेमी भवन बनेपछि प्रतिभावान खेलाडीहरुलाई त्यहि खाने बस्ने र तालिम सुविधा दिएर अरु धेरै विमलाहरु जन्माउने उनको योजना छ । तर एकेडेमी भवन बनाउने उनको योजना विभिन्न कारणले गर्दा रोकिइरहेको छ । बालाजु औधोगीक क्षेत्रमा पर्ने उनको एकेडेमी भवन बनाउने सपनालाई सरकारी अड्चनले झेल गरिरहेको छ । कर्णथापा उद्योगमन्त्री बनेपछि उनले ति अड्चन फुकाउने प्रयत्न गरे तर सफल भएनन् । ‘मलाई थापाले मन्त्रालयमा बोलाएर गोप्य कोठामा लगे, त्यहा बार्गेनिङ भयो ।’ उनले भने । ‘त“ जस्तो जेहेन्दार मान्छेलाई म का“धमा बोक्छु तर हाम्रो पार्टीमा आउनुपर्छ’ कर्णको भनाई संझिए उनले । तर स्वाभिमानी शिर फेरी पनि झुकेन,उनले आस्था पोलेर खान चाहेनन् । शायद उनि अव फेरी एकपटक राज्यलाई यस्तै अर्को चुनौती दिंदैछन । मल्ल एक तेजिलो मैनवत्ति हुन्, जो अर्काको उज्यालोको लागी जलिरहन्छ निस्वार्थ !

Category:

0 comments