Hindi Films

आँखाबाट आँशुको सट्टा ढुंगा आउन थालेपछि ....

Unknown | 12:47 | 0 comments

सामान्यतया मानिसका आखाबाट आँशु झर्ने गर्छ । तर यमनमा एउटा अचम्मको बिरामी भेटिएको छ । यो सुन्दा तपाई छक्क पर्नसक्नुहुन्छ । यमनमा एक किशोरीको आँखाबाट आँशुको सट्टा ढुङ्गा झर्न थालेपछि चिकित्सक समेत छक्क परेका छन् । यमनको एक गाउँमा बस्ने १२ वर्षीया किशोरी सादिया सालेहको आँखाबाट सानो–सानो आकारका कडा ढुंगा खस्छन् । आँशुजस्तै ती ढुंगा आँखाको बिच भागमा आइ पुगेर गालामा खस्छन् । यो अनौठो घटनापछि उनलाई अस्पताल लगियो तर, डाक्टर पनि यो देखेर छक्क परिरहेका छन र किन यस्तो भयो भन्ने बताउन सकिरहेका छैनन् । सालेहका गाउँलेहरु भने उनलाई राक्षसले कब्जा गरेको र टुनामुना गरिएको भन्दै डराएका छन् । यद्यपी किशोरीको स्वास्थ्यमा कुनै खराबी नदेखिएको डाक्टरले बताएका छन् । चिकित्सकहरुले अनुसन्धान जारी रहेको बताइएको छ ।

Category:

0 comments