Hindi Films

बेहुली ट्राफिक जाममा फसेपछि रेडियोमार्फत भयो विवाह

Unknown | 02:27 | 0 comments

मानिसले आफ्नो विवाहलाई अविष्मरणीय बनाउन विभिन्न क्रियाकलाप गर्ने गर्दछन् जस्तै कसैले समुन्द्र मुनी गएर विवाह गर्छन्, कसैले हिऊँको घरभित्र विवाह गर्छन् भने कसैले विवाहको कार्यक्रममा हाँस्यास्पद क्रियाकलाप गरेर यसलाई जीवनको यादगार पलको रुपमा हेर्ने गर्दछन् । विवाहलाई अविष्मरणीय बनाउन थुप्रै जोडिहरुले महिनौँ दिन अघिदेखि यसको योजना बनाउने गर्दछन् जसमा उनीहरुको मोटो रकम र समय खर्च हुने गर्दछ । यस्तैमा चीनमा पनि एउटा अचम्मको विवाह सम्पन्न भएको छ । तर यो विवाह अविष्मरणीय हुन्छ भनेर न त बेहुला–बेहुलीले सोचेका थिए न त उनीहरुले यसको लागि महिना दिनदेखि योजना नै बनाएका थिए । चीनको जेजियांग प्रान्तमा बस्ने यान मेंगसिया आफ्नो विवाहको लागि ३०० किलोमिटर टाढा योंगकांग पुग्नु थियो । विवाह गर्न गाडीमा बसेकी उनी निकै ठूलो ट्राफिक जाममा परिन् । त्यहाँबाट निस्कन सम्भव छैन भन्ने थाहा पाएपछि ती बेहुलीको होस् उड्यो । तर उनको उडेको होस्लाई एक रेडियो स्टेसनले फिर्ता ल्याइदिएको छ । चिनियाँ समाचार माध्यममा निकै चर्चित बनेको यो घटना गत अक्टोबर १ तारिखको हो । बेलुका हुने भनिएको विवाह समारोहका लागि दिउँसो निस्केकी बेहुली ठूलो ट्राफिक जाममा परेको थाहा पाएपछि उता बेहुला पनि निकै तनावमा थिए । ट्राफिक अपडेटका लागि उनले पटक–पटक FM93 ट्राफिक रेडियोको हटलाइनमा फोन गरिरहेका थिए । विवाहको लागि अरु केहि उपाय नभेट्टाएपछि बेहुला–बेहुलीले रेडियोमार्फत नै एक अर्कालाई पति–पत्नीको रुपमा स्विकार गरेका थिए । यसरी रेडियोमा विवाह गर्ने सम्भवतः यो जोडि पहिलो जोडि हो । उनीहरुले मात्र नभई हामीहरुले पनि यो जोडिको विवाह बिर्सन सक्दैनौँ होला । (एजेन्सी)

Category:

0 comments