Hindi Films

आमिर भन्छन् : 'साहरुखको जस्तै पैसा कमाउन म पनि सक्छु’

Unknown | 03:46 | 0 comments

हालै मात्र नेपाल भ्रमण सकेर भारत फर्केका बलिउड नायक आमिर खानले आफूले पनि साहरुख खानको जस्तै पैसा कमाउन सक्ने दाबी गरेका छन् । आफ्नो साथीहरुले आफूलाई साहरुखको जस्तै पैसा कमाउन किन नसकेको भनेर प्रश्न गरेको आमिरको भनाई छ । बलिउडका वादशाह मानिने साहरुख खान विश्वकै दोश्रो धनी कलाकार मानिन्छन् । उनी भारतका एक सय धनी मानिसको सूचिमा समेत छन् । साहरुखलाई यूनेस्कोले केही समयअघि सबैभन्दा धेरै च्यारेटी गर्ने कलाकारको रुपमा अवार्ड समेत दिएको थियो । आमिरले आफ्नो लगाव सिनेमा र ‘सत्यमेव जयते’ कार्यक्रममा भएको बताए । सिनेमालाई मात्र ध्यान दिने हो भने आफूले पनि साहरुखको जस्तै पैसा कमाउन सक्ने उनको दाबी छ । तर, साहरुखले कुनै गल्ती काम नगरेको आमिरले बताएका छन् । उनले, ‘सत्यमेव जयते’ कार्यक्रमबाट आफूहरुले समाजमा रहेका विभिन्न मुद्दाहरुलाई उठान गरेको बताए ।

Category:

0 comments