Home �
News
� एमाले सभासद सुनुवारले उठाए प्रधानमन्त्रीको सम्पत्तिमा प्रश्न
Unknown |
06:38 |
0
comments
२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति कति ? यो प्रश्न व्यवस्थापिका संसदमा उठेको छ । प्रधानमन्त्री कोइरालाले सबैको जीवन पारदर्शी हुनुपर्छ भने लगत्तै एक एमाले सभासदले उनको सम्पत्ति बारे प्रश्न उठाएका हुन् ।

सभासद यज्ञराज सुनुवार
संसदको सून्य समयमा बोल्दै एमाले सभासद यज्ञराज सुनुवारले सम्पत्तिको नाममा तीन ओटा मोबाइलमात्र रहेको भनिएका प्रधानमन्त्रीको शयनकक्षबाट हराएको १२ लाख कहाँबाट आयो ? भनी प्रश्न गरे । उनले सरकार गठनका बेला प्रधानमन्त्रीले भनेको सादापन र शन्त शैलीको उपहास भइरहेको आरोप लगाए ।
कांग्रेस संसदीय दलको बैठकमै कोइराला नेतृत्वको सरकार इतिहासकै भ्रष्ट भएको भनेर कांग्रेस सभासदहरुले नै आरोप लगाएको भन्दै सुनुवारले प्रधानमन्त्री लाचार र निरीह बनेको बताए ।
प्रधानमन्त्रीले मंगलबार संसदमा सभासदहरुको जवाफ दिने क्रममा अख्तियारले सानालाई मात्र समातेको भन्दै ठूला भ्रष्टाचारीको बारेमा जानकारी दिन सभासदलाई आग्रह गरेका थिए ।
सभासद सुनुवारले भने-‘साधन स्रोत, अधिकार र शस्त्र अस्त्रबाट सुसज्जित प्रधानमन्त्रीले नदेखेका भ्रष्टाचारीलाई बबुराम सभासदले कसरी देख्ने ?’
सून्य समयमै बोल्दै कांग्रेस सभासद रामहरि खतिवडाले झलनाथ खनाललाई कमिसन दिन नमान्दा आफ्नो मन्त्री पद गएको भनी पूर्व पर्यटनमन्त्री भीम आचार्यले दिएको अभिव्यक्तिबारे प्रश्न उठाए ।
उनले भने-‘कमिसन लिने तर, खनाललाई नदिने मन्त्रीलाई हटाएर, कमिसन रकम माग्न जाने दीपक अमात्यलाई मन्त्री बनाइएको कुरा आएको छ, यो प्रकरणको छानविन हुनुपर्छ ।’
|
 |
Category:
News
0 comments