Home �
News
� १० जनाको ज्यान जाने गरी बस ठोक्काउने चालक पक्राउ
Unknown |
09:56 |
0
comments
१६ कात्तिक, हेटौंडा । मालिकसँग झगडामा दस जना यात्रुको ज्यान जाने गरी बस ठोक्काएका चालक राकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङ हेटौंडा नगरपालिका १५ पदमपोखरीस्थित उनकै घरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध सवारी ज्यान मुद्दा चलाइएको छ ।
उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

३१ वर्षका टिपका आधारमा पैसा लिने गरी बस चलाएका थिए । हेटौंडामा टि्रपर चलाउने उनी अघिल्लो दिन बस लिएर काठमाडौं आएका थिए ।
काठमाडौंबाट बिराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बलका चालक सिंहले बसका मालिकसँगको झगडाका कारण अनियन्त्रित रुपमा बस चलाउँदा दुर्घटना भएको थियो ।
सिंहले चलाएको बसले इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बसलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।
दुबै यातायातको रूट परमिट स्थगित
यसैबीच यातायात व्यवस्था विभागले दुर्घटनामा संलग्न मेट्रो डिलक्स र शुभश्रीको रूट १५ दिनसम्मका लागि स्थगित गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाही देखिएको भन्दै विभागका महानिर्देशक काशीराज दाहालले के गर्ने भन्ने थप अनुसन्धान पछि निर्णय गर्ने बताए ।
Category:
News
0 comments