Hindi Films

यसकारण तपाईंकी प्रेमिका भन्छिन्, ‘डोन्ट टच माई फोन’ किन कि >>>>>>>ख्याल गर्नुहोस कतै.......>>

Unknown | 02:23 | 0 comments

November 12, 2014 अहिलेको युगमा फोन हाम्रो अभिन्न हिस्सा भइसकेको छ त्यसकारण मानिसहरु यसको सुरक्षा र हेरबिचारमा पछिल्ला दिनमा निकै सजक हुन थालेका छन् । यदि तपाईं सोच्नुहुन्छ कि कुनै पनि सम्बन्धमा फोनको विषय निकै पारदर्शी हुन आवश्यक छ भने तपाईं गलत हुनुहुन्छ । याद राख्नुहोस्, तपाईंलाई आफ्नो फोनबाट टाढा राखेर तपाईंकी प्रेमिकाले तपाईंलाई धोका दिइरहेको सोच्नु सम्बन्ध अन्त्य गर्नु हो । यसको पछाडि अर्को कुनै कारण छ । यदि तपाईंलाई तपाईंकी प्रेमिकाले उनको फोन अनावश्यक रुपमा चलाएको मन नपराउनुको कारण थाहा छैन भने हामी तपाईंलाई बताउँदै छौँ । १. अनावश्यक निगरानी मन नपराउनुः हुनसक्छ तपाईंकी प्रेमिकाको फोनमा त्यस्तो लुकाउनु पर्ने केहि नभएता पनि तपाईंको अनावश्यक निगरानीबाट बच्नका लागि उनले तपाईंलाई आफ्नो फोन चलाउन दिन्नन् । यसका साथसाथै तपाईंले पटक–पटक उनको पासवर्डको बारेमा सोधिरहनु पनि गल्ती हुनेछ । तपाईं चाहे यसलाई नमान्नुस् महिलाहरुको पनि आफ्नै गोपनीयता हुन्छ । तपाईंले उनको गोपनीयतामाथि पटक–पटक ठेस पुर्याउन खोज्नु भयो भने उनी रिसाउँछिन् र तपाईं हेरेको हेरै हुनुहुनेछ । २. मिल्ने साथीहरुसँग गरिएको कुराकानीः तपाईंलाई कस्तो महसुस होला जब तपाईं केटाहरुको हुलमा आफ्नै पारामा कुराकानी गरिरहेको बेला तपाईंकी प्रेमिका केहि नबोली तपाईंहहरुको गफ कान थापेर सुनिरहेकी हुन्छिन् ? हो, तपाईंकी महिलाले पनि यस्तै महसुस गर्छिन् जब तपाईंले उनको नजिकको साथीसँग गरिएको च्याटिङ रेकर्ड पढ्नुहुन्छ । महिनावारीदेखि चकलेटसम्मको सबै कुराकानी महिलाहरुको आफ्नै प्रकारको हुने गर्दछ र कोही पनि महिला यसमा हस्तक्षेप मनपराउँदैनन् । ३. फाल्तु कुराबाट बच्नः धेरैजसो महिलाहरु आफ्नो फोन यसकारण देखाउन चाहदैनन् किनभने पुरुषहरु बिना कारण सानो–सानो कुरामा उनीहरुमाथि अंकुश लगाउने गर्दछन् । तपाईंहरु दुईजना बिच फाल्तु कुराका कारण मनमुटाव भएको उनी हेर्न चाहन्नन् । हुनसक्छ उनका पुराना सहकर्मी वा साथी उनको सम्पर्कमा आएका हुन् तर तपाईंले त्यो सानो विषयलाई ‘को हो, के हो, कहाँको हो, पहिला कहिले सुनेको थिएन’ जस्ता प्रश्नहरु तेर्साएर त्यसलाई निकै ठूलो बनाइदिनुहुन्छ । त्यसकारण महिलाहरु आफ्नो फोन लुकाउने गर्दछन् । ४. भद्दा फोटो लुकाउनुः फोटोमा सुन्दर देखिनु एउटा कुरा हो र एकदम भद्दा देखिनु अर्को कुरा हो । हरेक महिलाको मोबाइलमा यस्ता फोटोहरु हुन्छन् जुन उनी कसैलाई पनि देखाउन चाहन्नन्, आफ्ना अभिभावकलाई पनि । तर उनी यसलाई डिलिट पनि गर्न चाहन्न् । उनी तपाईंको इज्जत गर्छिन् र चाहन्छिन् कि यस्तो प्रकारको फोटो नहेरेर उनीमाथि एउटा उपकार गरिदिनुहोस् । ५. ह्याकिङः हुनसक्छ तपाईंकी प्रेमिकाको यो बारेमा कुनै पनि पुराना गलत अनुभव नरहेको होस् तर धेरैजसो महिलाहरु प्रेमीले कतै फोन नै ह्याक गरिदिने हो कि भन्ने तनावमा भइरहेका हुन्छन् । तपाईंले यस्तो केहि गलत काम गर्नुहुन्छ भनेर यहाँ भन्न खोजिएको होइन तर सायद उनले यस्तो सोच्न सक्छिन् । ६. फोनको दुरुपयोग हुने डरः संसारमा धेरैथरी मानिसहरु पाइने गर्दछन् । कुनै मानिसहरु कसैको मोबाइल हातमा पर्ने बित्तिकै सोसल नेटवर्किङ साइटतिर तथानाम लेखिदिने गर्दछन् । तपाईं सायद यस्तो गर्नुहुन्न होला तर हामी जे भन्न गइरहेका छौँ त्यसको इशारा तपाईंले बुझिसक्नुभएको होला । अर्को पटक यदि तपाईंको प्रेमिकाको फोन लक भएको अवस्थामा भेट्नुभयो भने यसको लागि आफ्नी प्रेमिकालाई दोष नदिनुहोला । ७. निजि कुराहरु जुन भन्न लायक हुँदैनन्ः बैैंक अकाउन्ट डिटेल्स, महत्वपूर्ण पासवर्डजस्ता थुप्रै महत्वपूर्ण सामग्रीहरु फोनमा हुनसक्ने भएका कारण महिलाहरु यी सामग्रीहरुलाई कसैले पनि नहेरुन् भन्ने चाहन्छन् । ८. कुनै यस्तो व्यक्तिसँग नजिक हुनु जसलाई तपाईं मनपराउनुहुन्नः यदि तपाईंहरु बिच कोही कमन फ्रेन्ड छन् भने हुनसक्छ तपाईं कसैलाई मनपराउनुहुन्न र तपाईंकी प्रेमिका भने उनलाई बुझ्ने भएका कारण कहिलेकाँही कुरा गर्ने गर्छिन् । तपाईंले यस्ता कुराहरु पनि मन नपराउने भएका कारण तपाईंलाई ठेस् नपुगोस् भन्नका लागि अनावश्यक झण्झटबाट बच्न तपाईंलाई आफ्नो फोन देखाउँदिनन् । (एजेन्सी)

Category:

0 comments