धादिङ, लापा–३, का विर्पा तामाङलाई ठगी आरोपमा पक्राउ!
|
फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने गिरोहका सदस्य पक्राउ
-
, धादिङ
माघ १९, २०७२- फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने भारतीय गिरोहका सदस्य लापा–३, विर्पा तामाङलाई धादिङ प्रहरीले सदरमुकामबाट पक्राउ गरेको छ । भारतीय फोनका भरमा रकम असुल गरि ठगी गर्ने तामाङलाई ९० हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
कसरी हुन्छ ठगी ?
भारतमा बसेको एकजनाले विभिन्न मोबाईल नम्बरबाट नेपालका विभिन्न मोबाइल नम्बरमा मिसकल गर्छ । मिसकलको उत्तर फर्काउने व्यक्तिलाई हिन्दी भाषामा ‘हामी अमिताभ बच्चनको कौन बनेगा करोडपती कार्यक्रमबाट बोलेको हो । तपाईं निकै भाग्यमानी हुनुहुन्छ । तपाईंको नाममा ५० लाखदेखि २ करोड रकमको चिठ्ठा परेको छ । ल अभिताभसँग कुरा गर्नुस्,’ भनेर अमिताभको क्यारिकेचर गर्ने व्यक्तिसँग कुरा गराइन्छ ।
चिठ्ठा परेको उक्त रकम पाउन आवस्यक कागजात र रजिष्ट्ेरसन खर्चका लागी रकम माग गरिन्छ । रकम दिन तयार हुनेलाई आईएमईबाट नेपालमा रहेको आफ्नो एजेन्टको नाममा रकम पठाउन भनिन्छ ।
त्यसपछि भारतबाट विर्पा तामाङ्गलाई फोन आउँछ र रकम बुझने कोड नम्बर दिइन्छ । कुल रकमको १० प्रतिशत कमिसन दिइने प्रलोभन दिइन्छ । आफ्नो कमिशन कटाई उक्त रकम बुझेर विर्पाले बाँकी रकम भारत नै पठाउनु पर्छ ।
मंगलबार मात्रै रसुवाको धुन्चे बाट पठाएको ५० हजार र ४० हजार नगद बुझने कोड प्राप्त गरि विर्पाले ९० हजार रकम बुझेका थिए । रसुवामा ५० हजार नगद पठाउने व्यक्तिलाई कागजात मिलाउन गाह्रो भएकोले थप सवा लाख रकम पठाउन निर्देशन आए लगत्तै आफु ठगिएको महसुस गरेपछि रसुवा प्रहरीलाई खबर गरेका थिए ।
‘रसुवा प्रहरीले धादिङमा रहेका विर्पालाई सवा लाख रकमको नक्कली आईएमई कोड पठाएर रकम बुझ्नबीचबजारस्थित आईएमई काउन्टर पुगेको बेला पक्राउ गरेको हो,’ जिल्ला प्रहरी प्रमुख सविन प्रधानले बताए । यो गिरोहमा संलग्न अन्यको अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Category:
0 comments