Hindi Films

साउथ इण्डियन स्टाइलमा राजेश र केकीको बागमती

Unknown | 15:45 | 0 comments

महंगो बजेटमा तयार भएको चलचित्र बागमतीको आज इन्ड क्ल्याप गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणपक्षले करिब ४५ दिनमा छायांकन सकिएको जानकारी गरायो ।
चलचित्रका कलाकार बाहेक प्राविधिक तथा निर्देशक सबै दक्षिण भारतीय सिनेमाबाट ल्याइएको छ । यो चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक, पारिवारिक, सन्देशमुलक भनिएको छ । चलचित्रमा नायक राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्कीलाई नवप्रतिभाको रुपमा भित्राइएको छ । चलचित्रको छायांकनका लागि प्रयोग भएका सम्पूर्ण प्राविधिक र प्रविधीहरु दक्षिण भारतबाट नै ल्याइएको हो । सिनेमाको पोष्ट प्रोडक्शन पनि दक्षिण भारतका चर्चित स्टुडियोमा गर्ने निर्माणपक्षले जनाएको छ । नेपाली चलचित्रमा आज सम्मकै सबैभन्दा महंगो बजेटमा बागमती बनेको दाबी यसको निर्माणपक्षले गरेको छ । सिनेमालाई एउटा प्रयोग पनि भनिएको छ । छायांकनसम्म २ करोड सकिएको दाबी निर्माणपक्षले गर्यो । ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको सिनेमामा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् । चलचित्रमा दक्षिण भारतका धेरै प्राविधिकहरुले काम गरेका छन् । बागमतीको प्रदर्शन माघे संक्रान्तीमा गर्ने निर्माणपक्षले लक्ष्य लिएको छ ।

Category:

0 comments