अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा समाजवादी शैली बनान किम''को आदेश
![]() |
समाजवादी शैली बनाइनुपर्ने
, November 02, 2014
सोल, कार्तिक १६ – उत्तर कोरियाली नेता किम जोङ–उनले प्योङयाङको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा विदेशी विमानस्थलको नक्कल जस्तो देखिएकाले त्यसलाई परिवर्तन गरी मुलुकको समाजवादी विचारधारासँग मिल्दो बनाउन आदेश दिनुभएको समाचार त्यहाँको सरकारी आमसञ्चारले शनिबार दिएका छन् ।
प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को स्थलगत निरीक्षण गर्दा निर्माण गर्दा बन्द गर्न नेता किमले आदेश दिएको कोरियाली केन्द्रीय समाचार संस्था – केसीएनएले समाचारमा उल्लेख गरेको छ ।
उनले आफूले जुलाइ महिनामा दिएको आदेश पालना नगरेको भनी कामदारको आलोचना गरेको बताइएको छ । उनले यस्तो परियोजनाले उत्तर कोरियाको ‘जुछे’ (आत्मनिर्भर) को दर्शन तथा राष्ट्रिय पहिचानलाई प्रतिविम्बित गर्नुपर्ने बताए भनी समाचारमा उल्लेख गरिएको छ ।

उनले यात्रु प्रवेश गर्ने र बाहिर आउने कक्षका आन्तरिक संरचनामा फरक देखिएको र टर्मिनलको स्थान अनुसार यी सुविधा उचित नभएको बताउनुभएको केसीएनएले उल्लेख गरेको छ ।
नेता किमले उक्त टर्मिनलको निर्माण वर्तमान अवस्थामा भएमा त्यो विदेशी मुलुकको संरचनाको प्रतिलिपि हुने बताउनुभएको जानकारी दिइएको छ ।
उहाँले उत्तर कोरियाले एउटा पनि संरचना तयार गर्दा त्यसमा उक्त मुलुकको शैली, गुण तथा राष्ट्रिय पहिचान संरक्षण हुनुपर्ने बताए ।
उनले टर्मिनल सोङ्गुन (सैनिक प्रथम) कोरिया, मुलुकको अनुहार र प्योङयाङको ढोकाको चिन्ह हुनुपर्ने बताए ।
किमकै निर्देशन बमोजिम सन् २०१२ मा सुनान विमानस्थलमा नयाँ टर्मिनल निर्माण कार्य आरम्भ भएको हो । नयाँ टर्मिनल पुरानो विमानस्थलका तुलनामा छ गुणा ठूलो छ । रासस÷एएफपी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments