बेलायतमा विदेशी विद्यार्थीलाई थप कडाइ
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
लन्डन, पुस ८ - बेलायत सरकारले युरोपेली बाहेकका विदेशी विद्यार्थीलाई घर पठाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । गृहमन्त्री टेरेसा मेको प्रस्तावमा ग्रयाजुएट गरिसकेका विद्यार्थीलाई कोर्स सकिएपछि स्वदेश जान बाध्य पार्ने नीति ल्याउन लागिएको मेको भनाइ उद्धृत गर्दै दी सन्डे टाइम्सले जनाएको छ ।
बेलायतमै बस्न चाहने विद्यार्थीले ग्रयाजुएसन गरिसकेपछि स्वदेश फर्केर पुनः वर्क भिसाका लागि निवेदन दिनुपर्ने नियम ल्याउने सरकारको योजना छ । कन्जर्भेटिभ सरकारले विद्यार्थी भिसामा आउनेहरूलाई घर पठाएर शून्यमा झार्न चाहेको गृहमन्त्री मेलाई उद्धृत गर्दै पत्रिकाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो दल टोरी (कन्जरभेटिभ) ले मात्र अध्यागमनमा डिल गर्न सक्ने जिकिर गरेलगत्तै मेको योजना सार्वजनिक भएको हो । बेलायती अखबार डेली एक्सप्रेसमा लेख प्रकाशित गर्दै प्रधानमन्त्री क्यामरुनले हाल प्रतिपक्षी लेबोर प्रशासनले सरकारको नेतृत्व गर्दा आप्रवासी समस्या निम्त्याएको टिप्पणी गरेका थिए ।
उक्त अखबारले कन्जरभेटिभ पार्टीको आगामी घोषणापत्रमै यससम्बन्धी नीति ल्याउने योजना समावेश गर्न मेले दबाब दिइरहेको उल्लेख गरेको छ । उनले कलेज वा विश्वविद्यालयलाई विद्यार्थी स्पोन्सर गर्दा अध्ययन सकिएलगत्तै फर्कने परिस्थिति सिर्जना गरिदिऊन् भन्ने पनि चाहेकी छन् ।
हाल विद्यार्थीले अध्ययन सकिएलगत्तै बेलायतबाटै सजिलै वर्क परमिटमा भिसा परिवर्तन गर्न सक्छन् ।विद्यार्थीलाई आप्रवासी संख्याभित्र राखेर नियन्त्रण गर्ने सवालमा गृहमन्त्री मे र सरकारको अर्को सहयात्री दल लिव्डेमबाट प्रतिनिधित्व गर्ने व्यापारमन्त्री भिन्स् केवलबीच मतभिन्नता छ । व्यापारमन्त्री केवल थप कडा नियमको विपक्षमा भएको बताइएको छ ।
सरकारको एउटा घटक लिब्डेमका एक वरिष्ठ नेताले भने गृहमन्त्री मेको योजनाले अर्थतन्त्रमात्र होइन, बेलायत उच्च दक्ष ग्रयाजुएट्सबाट समेत वञ्चित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments