चरासँग ठोक्किएपछि आगो लागेको जेट विमान मुम्बई फर्किन सकेन
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १४ सोमबार
काठमाडौं : चरासँग ठोक्किएपछि धुँवाको मुस्लोसहित काठमाडौं विमानस्थलमा अवतरण गरेको जेट एयरवेजको जहाज सोमबार साँझ नै मुम्बई फर्किने तालिका भए पनि उडान संभव हुन सकेन।
जहाज आवश्यक मर्मतमा रहेकोले सोमबार साँझको उडान रद्द भएको जानकारी विमानस्थल कार्यलयले दिएको छ। भारतको मु बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको जहाजमा सोमबार मध्याह्न चरा ठोक्किएपछि आकासमै आगोसहित मुस्लो देखिएको थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागेको यो जहाज कोटेश्वरमाथि आइपुगेपछि चरा ठोक्किएको विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments