Hindi Films

विदेशी गायिकासँग बद्रीको नेतालाई खबरदारी(भिडियो)

Unknown | 07:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष १३ गते भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा समयमै संविधानको माग गर्दै विद्यार्थीले बहस गरे । सडकमै गरिएको बहसमा रोचक दृश्य देखियो । गायक बद्री पंगेनीले ‘बनको काँफल बनकै चरीलाई’ बोलको गीतमा नेतालाई खबरदारी गरे । उनलाई साथ दिन अमेरिकन नागरिक आना पनि सहभागी भइन् । उनले आफू अमेरिकाबाट आएपनि नेपालको असाध्यै माया लाग्ने बताइन् । आनाले बद्री पंगेनीसँग कार्यक्रम हेर्न आएपनि आफैले गीत गाउनुपरेको बताइन् । आनाले देशमा संविधानको माग गर्दै लोक लयमा गीत गाउँदा उपस्थित जनताहरुले ताली बजाएर साथ दिएका थिए । बद्री र आनाले संविधानको माग गर्दै दोहोरी खेले । उनीहरुले नेताको शासन क्षणिक भएपनि सधैभरी भने जनताले नै शासन गर्ने दोहोरी मार्फत सन्देश दिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments