खराब मौसमले बेपत्ता एयर एसियाको विमानको खोजी कार्य स्थगित
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । इण्डोनेसियाबाट सिंगापुरतर्फ जाने क्रममा बेपत्ता भएको एयर एसियाको विमानको खोजीकार्य खराब मौसमका कारण आइतबारलाई स्थगित भएको छ ।
विमानमा चालक दलका ७ सहित १६२ जना यात्रु सवार थिए । जाभा प्रायद्विप माथि आकासबाट वेपत्ता भएको विमान समुद्रमा खसेको अनुमान गरिएको छ ।
सम्पर्क विच्छेद हुनुअघि विमानले मार्ग परिवर्तनका लागि अनुमति मागेको एयर एसियाले जनाएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेर २४ मिनेटमा सम्पर्क बिच्छेद भएको थियो ।
विमानमा दक्षिण कोरियाका तीन, फ्रान्स, मलेसिया र सिंगापुरका एक एक र अन्य सबै यात्रु इन्डोनेसियाका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments