Hindi Films

सबैले चिनुन् भनेर कलाकार बन्ने अनी माक्स लगाउने ? : रेखा थापा

Unknown | 00:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष १३ गते, नेपाली चलचित्र बजारमा अनुहार लुकाउन होस् या धुलोबाट बच्न नै किन नहोस्, माक्स लगाउनेहरुको कहानी रोचक छ । एउटा चलचित्रमा काम गर्ने वित्तिकै दर्शकले चिने भन्ने सोचेर आफूलाई स्टार कल्पना गर्नेहरुको पनि यहाँ कमी छैन । यतिसम्म कि, बाटोमा हिड्दा मान्छेले चिन्छन् भनेर माक्स लगाएर हिड्ने कलाकार पनि भेटिन्छन् । तर, नायिका रेखा थापाले भने यो बिषयमा सोझै आपत्ती जनाएकी छिन् । उनले कलाकारले माक्स लगाएर हिड्न नहुने बताउँछिन् । कुनै भिडभाडमा माक्स लगाउनु सामान्य भएपनि बाटोमा हिड्दा पनि अरुले चिन्छन् भनेर माक्स लगाउनु हाँस्यास्पद भएको उनको तर्क छ ।
रेखाले भनिन्-‘हामी अरुले चिनुन भनेर नै कलाकार बन्छौ । तर, अरुले चिन्न थालेपछि अनुहार छोपेर किन भ्रममा पर्छौ ।’ उनले तर्क गरिन्-‘अरुले चिन्छन् भनेर अनुहार नै छोप्ने हो भने किन चिनुन भनेर कलाकारिता गर्नु ?’ रेखाले आफूले बाटोमा हिड्दा अनुहार छोपेर नहिडेको बताइन् । उनले आफूलाई कसैले ‘ओइ रेखा, रेखा नानी, रेखा थापा’ लगायतका शब्दले बोलाउँदा खुशी लाग्ने बताइन् । ‘हामी जीवनभर अरुले चिनुन् भनेरै यती धेरै मिहिनेत गर्छौ र एउटा नाम बनाउँछौ, तर फेरि चिनिन थालेपछि अनुहार छोपेर किन हिड्छौ ?’ रेखाको प्रश्न छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments