Hindi Films

मुम्बईमा जलेर कपिलबस्तुका आठ युवाको ज्यान गयो

Unknown | 23:39 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १३ आईतवार, कपिलवस्तु : भारतको मुम्बईस्थित भिवन्डी सहरको एक काठ गोदाममा शनिबार भएको आगलागीमा जलेर ८ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एकै गाउँका ५ सहित कपिलबस्तुका ८ जना नेपाली रहेको पुष्टि भएको छ । भिषण आगलागीमा परेर अन्य तीनजना नेपाली पनि गम्भीर घाइते भएका छन् । ज्यान गुमाउने ५ जना कपिलबस्तुको कुशहवा-५ सतभरा गाउँका मुन्नीलाल अहिर, गणेश चौहान, मुरली मुराउ, गौरी चौहान र सयल रैदास रहेका छन् । घटनामा ज्यान गुमाउनेमध्ये गौरी चौहान र गणेश चौहान दाजुभाइ रहेको खुलेको छ । सोही घटनामा कपिलबस्तुकै अजय, नीरज र तिलकरामले पनि ज्यान गुमाएका छन् । रोजगारीका लागि मुम्बर्इमा पुगेका विपन्न परिवारका ती सबै युवा ज्यालादरीमा श्रम गर्थे । घटनामा गम्भीर घाइते भएका अन्य नेपाली युवाहरु तितरे लोध, बुढे लोनिया र विनोद अहिर पनि कपिलबस्तुको सतभरा गाउँकै हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुख्य सहरबाट करिब १५ किलोमिटर बाहिरको भिवन्डीस्थित काठ गोदाममै सुतिरहेकै अवस्थामा उनीहरुले जलेका थिए । घटनापछि सुरक्षामा लापरबाही गरेको भन्दै भिवन्डीमा रहेको प्रहरीले काठ गोदाम सञ्चालक तीनजनालार्इ पक्राउ गरेको छ । घटनाबारे उजुरी परिसकेको जनाउँदै त्यहाँस्थित बरिष्ठ प्रहरी अधिकारी अनिल आँकडेले दोषीमाथि कारबही गर्ने जनाएका छन् । घटनामा ज्यान गुमाएका नेपाली युवाहरुको शव दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरी नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments