हराइरहेको एयर एसियाको बिमान समुद्रको फेदमा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, पुस १४ – हराइरहेको एयर एसिया इन्डोनेसियाको क्युजेड ८५०१ बिमान सम्भवतः समुद्रको फेदमा रहेको इन्डोनेसियाको खोजी र उद्दार गरिरहेको एजेन्सीले बताएको छ ।
बिबिसीका अनुसार प्लेनले सम्पर्क गुमाएको ठाउँको काओर्डिनेटस्का आधारमा यस्तो अनुमान गरिएको हो ।
यद्यपि, खोजकर्ताहरुलाई अझै कहाँ छ भन्ने यकिन नभएको र यसका लागि पानी मुनी खोजी गर्न अन्य देशको सहयोग आवश्यक रहेको बताएका छन् ।
१ सय ६२ जना यात्रुसहित हराइरहेको प्लेनको आज पनि खोजी कार्य जारी रहेपनि केही फेला पर्न सकेको छैन ।
एयर बस ए ३२०–२०० मोडलको उक्त जहाज इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको थियो ।
हराउनअघि बिमानले खराब मौसमका कारण आफ्नो निर्धारित रुट परिवर्तन गर्नका लागि आग्रह गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments