Hindi Films

जेट एयरको जहाजमा चरा ठोक्किएपछि धुवाँको मुस्लो

Unknown | 02:43 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
फोटो :फाइल फोटो (चरा ठोक्किएको जेट एयरको जहाज) २०७१ पौष १४ सोमबार, काठमाडौं : भारतको मुम्बर्इबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको जहाजमा चरा ठोकिएको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागेको यो जहाज कोटेश्वरमाथिको आकाशमा आइपुगेपछि चरा ठोक्किएको विमानस्थलका महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। जेटको २६८ उडान नम्बको ७३७-८०० सिरिजको यो जहाज १२ बजे विमानस्थलमा अवतरण गर्न धावनमार्ग पहिचान गरिसकेको समयमा जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएको उनले बताए। जहाजको इन्जिनबाट धुवाको मुस्लो देखिएपछि आकस्मिक अवतरण गराइएको छ। चालक दलका सात सदस्य र १२५ यात्रु रहेको यो जहाजले सुरक्षित अवरतण गर्न सफल भएकोले ठूलो क्षति हुन नपाएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। विमानमा भएको क्षति र चरा ठोक्किएको विषयमा भने जहाजका इन्जिनियरले अध्ययन गरेपछि विस्तृत जानकारी दिन सकिने विमानस्थल कार्यालयले जानकारी दिएको छ। विमानस्थलको नजिकको दूरी भएकाले ठूलो दुर्घटना हुन नपाएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । जहाजमा आगोले धेरै क्षति नभएकाले सोमबारै मर्मत गरेर मुम्बर्इ फर्काउने बताइएको छ । त्रिभुवन विमानस्थल कार्यालयले जहाजमा सामन्य क्षति भएकाले आजै आवश्यक मर्मत गरी मुम्बर्इ फर्काउने जानकारी दिएको छ । इन्जिनमा आगो लागेपनि जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । जहाजमा १२५ यात्रुसहित चालक दलका ७ जना थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments