चितवनको होटेलमा पुलिसले छापा मार्दा ४३ जना यौन क्रियाकलाप गर्नेलाई रंगे हात पक्राउ !!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूमा १६ देखि ३५ वर्ष उमेरका महिला तथा पुरुष छन् । पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिला भएको प्रहरीले बताएको छ । उनीहरू सबै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
चितवनका होटल तथा रेस्टुरेन्टमा वेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउँसो तथा रातको समयमा छापा मार्न सक्रियता बढाएको छ । यसैबीच पछिल्लो समय आपराधिक र वेश्यावृत्तिका घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा परिचयपत्रको व्यवस्था लागू गरेको छ ।
होटल व्यवसायीले सेवाग्रहीको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैँसँग राख्नुपर्ने नियम बनाइएको छ । सो नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटना बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीलाई अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनु भयो ।राससपुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments