श्रीलंकालाई हराउँदै नेपाल बन्यो उपविजेता
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, पौष ८ । काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
पाँच टिमले सहभागिता जनाएको राउन्ड रबिनका आधारमा भएको प्रतियोगितामा अपराजित रहँदै भारतले उपाधि जितेको हो । भारतले अन्तिम खेलमा मंगलबार बंगलादेशलाई २५–१३, २५–६ र २५–९ को सोझो सेटमा हरायो ।
यता, अन्तिम खेलमा

यसअघि सुरुका दुई सेट २५–२३ र २५–२२ ले जितेको नेपालले त्यसपछिका दुई सेट १९–२५ र १४–२५ ले गुमाएको थियो । नेपालले भारतबाहेक सबै टिमलाई हराएर उपविजेता भएको हो ।
विजेताले दुई हजार तथा उपविजेताले एक हजार अमेरिकी डलर जितेको छ । प्रतियोगिताको दोस्रो संस्करण अर्को वर्ष भारतमा हुने भएको छ । पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments