भिडियोले जति हसाँएपनि ‘तक्मे बुढा’ तनावमा(भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
टेलिभिजनका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ अहिले युट्यूब मार्फत दर्शकमाँझ आइरहेका छन् । उनले अहिले युट्यूबमा विभिन्न कमेडी भिडियो तयार पारेर सार्वजनिक गरिरहेका छन् । ‘मेरी बास्सै’ छोडेपछि उनलाई दर्शकले अहिले टेलिभिजनमा देख्न पाएका छैनन् ।
यसैले पनि उनले युट्यूबमा नै कमेडी भिडियो सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेका भिडियोलाई दर्शकले पनि मन पराएका छन् ।
‘यस बाजे’ नाममा उनले सार्वजनिक गरेको भिडियोले उनलाई दर्शकसँग जोडिराखेको छ । तर, अहिले आफूले तयार पारेको भिडियो डाउनलोड गरेर अरुले निजी रुपमा प्रयोग गर्न थालेपछि विल्सन तनावमा देखिएका छन् ।
अनलाइनखबरसँग उनले भने–‘मेरै युट्यूब च्यानलबाट लिंक प्रयोग गर्दा म पनि खुशी हुन्थे । तर, केही अपरिचित साथीहरुले मेरो भिडियो डाउनलोड गरेर आफ्नो लागि प्रयोग गर्नु भएको छ, यसले मलाई तनाव दिएको छ ।’
उनले कलाकारलाई बचाउँने काम मिडिया र फ्यानहरुको पनि भएको बताए । यसरी आफ्नो युट्यूब च्यानलमा राखिएका भिडियो डाउनलोड गरेर कसैले आफ्नो तबरले सार्वजनिक गर्छ भने आफू कानुनी तबरले अगाडि बढ्न पनि सक्ने विल्सनले बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:
0 comments