ह्यान्डसम अनमोल केसीको यस्तो छ केटी पट्याउने टिप्स
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुस-१८, काठमाडौं । अभिनेता अनमोल केसी अहिले ‘जेरी’ नामले दर्शकबीच चर्चामा छन् । दोस्रो फिल्म ‘जेरी’ले उनलाई युवापुस्ताबीच अझ लोकप्रिय बनाएको हो । ‘जेरी’ मार्फत युवावर्गको मन जितेका यिनै अनमोलले हालसम्म धेरै गर्ल फ्रेन्ड बनाइसकेका छन् । केटी पट्याउन खप्पिस अनमोलको केटी पट्याउने आफ्नै तरिका छ र उनले केटी पट्याउनका लागि नयाँ टिप्स पनि दिएका छन् ।
अनमोलका अनुसार केटी पट्याउन सजिलो छ । तर त्यसका लागि सबैभन्दा पहिले आफू नै क्यापेवल हुनुपर्छ । उनका अनुसार एकदम बढी चिप्कु भएर केटीको पछि लाग्नु सबैभन्दा खतरनाक हो,जसले केटी पट्टिने होइन,झनै भड्किन्छन् । उनका अनुसार केटीलाई मरिहत्ते गरेर लाग्ने केटालाई केटीले बाल दिँदैनन् ।
अनमोलको केटी पट्याउने टिप्सले धेरैलाई काम गर्न सक्छ । अनमोल केटीको पछिपछि नलागेर आफैं केटी पछिपछि लाग्ुनपर्ने ब्यक्तित्व बनाउनतिर लाग्नुपर्ने सुझाव दिन्छन् ।‘मलाई लाग्छ,जो बढी चिप्कु भएर केटीलाई फलो गर्छ । उसलाई कसैले गन्दैनन् । आफूलाई उ पाउन जति गाह्रो हुन्छ उसलाई पनि आफू प्राप्त गर्न उत्तिकै गाह्रो हुन्छ । अहिलेको जमानामा अरु केही चाहिँदैन,पहिले आफू बन्नु पर्यो त्यसपछि केटी आफैं लाइन लाग्न आइपुग्छन्,’ ।
केटीले मरिहत्ते गर्ने बताउने अनमोल आफैंको भने गर्लफ्रेन्ड धेरै भइसकेका छन् । अनमोलको त कक्षा १ मा नै गर्लफ्रेन्ड थिइन् । ‘मैले पहिलो गर्लफ्रन्ड कक्षा १ मा पढ्दा नै बनाएको थिएँ,’ अनमोलले गर्लफ्रेन्ड बारे भने,‘केही महिना नजिक हुने,त्यसपछि टाढिने गर्लफ्रेन्ड धेरै छन् ।
तर मैले धेरै गर्लफ्रेन्ड बनाए पनि सकैलाई पीडा दिएको छैन ।’ तर कलिलै उमेरमा धेरै गर्लफ्रेन्ड बनाइसकेका अनमोलसँग अहिले भने गर्लफ्रन्ड छैन । उनी अहिले करिअर बनाउनतर्फ लागेकाले गर्लफ्रेन्ड बनाउनतिर नलागेको बताउँछन् ।- नयाँ पत्रिका
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments