Hindi Films

देश टुक्र्याउने अडानले चार शक्तिको वार्ता भाँडियो, नेताहरु कसले–के भने ? (भिडियोसहित)

Unknown | 00:39 | 0 comments

| January 7, 2015 | काठमाडौं, पौष २३ । निर्णायक भनिएको प्रमुख चार राजनीतिक शक्तिको वार्ता त्यसै भाँडिएको छ । सहमति उन्मुख भनिएको वार्ता नेताहरु आ–आफ्ना अडानमा कडा रुपले पेश हुँदा बुधबारको बैठक एकाएक बिथोलिएको हो ।
पूर्वदेखि पश्चिमसम्मको सबै भू–भाग मधेस प्रदेशमा राख्नैपर्ने जिकिर मधेसी मोर्चाका नेता राजेन्द्र महतोले गरेपछि एमाले अध्यक्ष केपी ओलीलेसम्भव नहुने भन्दै कडा अडान राखेका थिए । संविधानको विवादित विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा झापादेखि कन्चनपुरसम्म तराईका सबै जिल्ला मधेस प्रदेशमै राख्नुपर्ने अड्डी महतोले लिएपछि ओलीले त्यसको शसक्त प्रतिवाद गरेका थिए । ओलीले तराईका सबै जिल्लालाई मधेस प्रदेशमा राख्नुपर्ने मधेसी मोर्चाको अडानको कडा विरोध गरेपछि मधेसी नेताहरु आक्रोशित बनेका थिए । वार्ता भाँडिएपछि बाहिरिएका नेताहरुले एकार्काविरुद्ध आरोप लगाएका थिए । वार्ता बिथोलिनुमा सत्ता र विपक्षी दलका नेताहरुले एकअर्कालाई आरोप लगाएका छन् । दुबै पक्षले एकार्कामा संविधान नबनाउने षड्यन्त्रमा जुटेको आरोप समेत लगाएका छन् । पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कन्चनपुरलाई पहाडमा जोड्ने कि तराईमा मिलाउने भन्नेमै दलहरुबीच मुख्य विवाद छ । यद्यपि, दिउँसो सभामुखसमेत राखेर फेरि बैठक बस्न भने नेताहरु सहमत भएको जनाइएको छ । सत्तारुढ कांग्रेस र एमाले आफ्नो पूर्ववर्ती अडानबाट लचक हुँदै राज्यको पुनःसंरचनामा प्रदेशको नामाकरण गर्ने जिम्मा प्रदेश सभालाई दिन तयार भएका थिए । शासकीय स्वरुपमा राष्ट्रपतिलाई पनि अधिकार बाँड्न तयार उनीहरु निर्वाचनमा मिश्रित प्रणालीमा जान तयार भएका थिए । तर, संघीयतामा तराईको सबै भू–भागलाई मधेसमै राख्नुपर्ने विपक्षी अडानले सहमतिबाट संविधान आउने सम्भावना बिथोलिएको हो ।

Category:

0 comments