Hindi Films

कोरियामा नेपालीको तलब एक लाख नाघ्यो

Unknown | 23:17 | 0 comments


 
कोरियामा नेपालीको तलब एक लाख नाघ्यो
काठमाडौ । ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपालीको न्यूनतम पारिश्रमिक एक लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशत बढाइएको थियो ।
श्रम मन्त्रालय, श्रमिक संगठन र उद्योग सञ्चालक सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले हरेक वर्ष पारिश्रमिक बढाउने गर्छ । पछिल्लो वृद्धिले नेपालीहरु उत्साहित भएका छन् ।
न्यूनतम ज्याला वृद्धिसँगै अतिरिक्त समय गरी अधिकांश नेपालीले मासिक एक लाख ५० हजार भन्दाबढी आर्जन गर्नेछन् । कतिपयले भने न्यूनतम पनि नपाएको बताउँछन् ।
नयाँ पारिश्रमिक अनुसार सातामा ४० घण्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन अर्थात एक लाख पाँच हजार सात सय ४१ रुपैयाँ पाउने छन् । त्यस्तै, ४४ घण्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन अर्थात एक लाख १४ हजार ३२० रुपैयाँ बुझ्नेछन् । कोरियन वन एक सय बराबर नेपाली ९.४५ रुपैयाँ हुन्छ । आजको कारोबार दैनिकमा खबर छ ।
 

Category:

0 comments